बाढीले मोरङ जिल्ला पूरै डुबानमा । जिल्ला भयो तालजस्तो

मोरङ, २८ साउन । अविरल वर्षाका कारण मोरङमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । बाढीले मोरङ जिल्ला पूरै तालमा डुवेको जस्तो भएको छ ।

बाढीले जिल्लाका ७ हजार ५ सयभन्दा बढी घर डुबानमा पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बाढी कारण मृत्यु हुने मध्ये अहिलेसम्म २ जना महिलाको शव फेला परेको छ । त्यस्तै ३ जना बेपत्ता भएका छन् भने १९ वटा चौपाया हराएका छन् । मोरङका एसपी अरुण बिसीले वर्षा नरोकिएको र चारैतिर जलमग्न भएका कारण अझै पूरा विवरण आउन नसकेको बताएका छन् ।

शुक्रबार रातिदेखि पानी निरन्तर परिरहेको छ । डुवान परेका क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी उद्धारका लागि परिचालन गरिएको छ । हजारौ मानिसहरु
घर छोडेर विस्थापित भएका छन् । विस्थापित भएकाहरुको पनि एकिन विवरण भने एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

बाढीले जिल्लाभर असर गरेको छ । डुवानमा परी अहिले सिंगो मोरङ जिल्ला नै ताल जस्तो बनेको देखिन्छ । सडकका गाडीहरु पनि डुबेका देखिन्छन् ।

 

Loading...