डियर ! तिम्रो नाममा डीभोर्सको फिराद

प्रिय सुञ्जुकी !

प्रियतम ! म यस प्रौढढल्को मानसिक तन्नेरीले भर्खरै एउटा दुःखान्त निर्णय गरेँ… । यसले हाम्रा जीवन र सन्ततीलाई अर्थ र असर पार्छ । जान्दछु तर पनि । प्रिय ! मलाई माफ गर । म तिमीसँग अब डिर्भाेस गर्न जाँदैछु । तिमीले यो आभास त पाएको धेरै दिन भयो नै । तर, डिभोर्सको निर्णय नै नगरिहाल्ला कि सोच्यौ पनि होला । हिजोका दिन सम्झियौ होला । सहयात्रा र सम्भोगका क्षण याद आए होलान् । संघार नै त काटिहाल्दैन कि भन्ने सोच्यौ होला । अनेकौ खुलदुली मनमा भए पनि होलान् । तर प्रिय, म विवश भएँ… यो कठोर निर्णय लिनलाई । जोरी–पारी र वैरीहरु सफल भए । तिमी र म हा¥यौँ । यो दुःखद संयोग के भनौ ? यसमा मेरो भावना र स्वाभिमानको खेल छन् भने तिम्रा निर्णय पनि कम दोषी छैनन् । आखिर दोष एकातर्फको मात्र थिएन र होइन । तिमीलाई थाहा नै छ । सहयात्राका चार दशक चानचुने कहाँ हो र ! एउटा शिशु पनि त किशोर, युवापना छिचलेर प्रौढतातिर ढल्किसकेको हुन्छ । सञ्चित आयु धेरै खर्च गरिसकेको हुन्छ । अनुभव त हुन्छ, शरीरमा बल भने कम हुँदै जान्छ । साँच्चै हो प्रिय… त्यस्तो बेला सोच्दछ दिमागले र दुःख पाउँछ शरीरले ।

अब यस आधुनिक युगमा कोही लैला–मजनु, रोमियो र जुलियट, हिर र राँझाका कुराहरु भवनामय पुस्तकका विषय मात्र बन्नेछन् । प्रेमस्रेम त हाम्रो समाजमा अब को, कति र के फाइदा दिनसक्छ र उसको उपयोगिता के छ ? भन्ने भइसक्यो । त्यसैले एकआपसमा छलिरहँदा दिल र दिमाग दुबैलाई बोझ बन्नेछ ।

मेरो यो निर्णयलाई हामीलाई चिन्नेले राम्रै नियाल्ने छन् । अत्यन्तै तीब्र वेगमा बढेका हाम्रा जीवनयात्रालाई सनातनी समझभन्दा टाढाको विषय बन्नेछ । गम्भीर कविता र उम्दा साहित्यका पाठकहरु नभए जस्तै उनीहरुका पनि बुतामा यसलाई बुझ्नु सक्ने कुरै भएन । लेनिनले तीन चोटी पढेर बुझेको भनिएको निकोलाई चेर्नेसेब्स्कीको ‘के गर्ने’ भन्ने उपन्यास त मेरो बुता बाहिर रहेको कुरा तिमीलाई भनेकै थिएँ । तिमी चतुर र विदुषी हौ । महाकुटनीतिज्ञ पनि । तिम्रा सीमा र समस्या केही बुझेको छु । भावनामा बग्ने तिमीलाई अनुमति लोक र समयले दिदैन । तर, मेरा लागि त्यो गहु्रगो भारी भएर बिसाउनु विवश भएँ । भावनात्मक सम्बन्ध अझै टुटिनसके पनि अब यसलाई व्यवहारिक रुप दिइरहन भने मैले सकिन । त्यसैले मात्र डिभोर्सको निर्णय लिएको हुँ ।

लेखक

पात्रो पल्टाएँ । कुरकुरे वैँशमा तिम्रो यौवना छड्के नजरले चियाएका क्षण याद आयो । सहयात्रा र सम्भोगको अवधी ३९ वर्ष बितेछन् । यस्तोबेला भावनामय भइदो रहेछ । हामी पूर्वीय संस्कृतिमा हुर्केका र सोही अनुकूल जीवनपद्धति बनेका सामाजिक प्राणी हौं । सम्बन्ध गाँसिएपछि दाम्लोले बाँधेको पशुझै किलोमै रिगिरहनु पर्ने । मन नमिले पनि, आस्था भत्किए पनि, विश्वास उठे पनि अर्काले के भन्ला भनेर जोडिनै पर्ने, नारिनै पर्ने । सम्बन्ध अर्कैले जोडिदिने, भत्कन पनि लोक लाज र लमीको हुर्मत बचाइदिन कुन्ठित हुनुपर्ने । अव मबाट त्यो हुँदैन । प्रेम, विवाहा र यौनका चलिरहेका मान्यताबाट पर हट्नैपर्छ मैले । लोकलाजलाई पचाएर समयसँग मैले विद्रोह गर्नैपर्छ । मैले वारम्वार लेर्मेन्तोभको कथा सयनकक्षमा पनि सुनाउँदा कति मख्ख पर्दथ्र्यौ तिमी ‘विद्रोही खोज्दछ आँधी मानौं त्यहाँ शान्त छ’ ।

आचरणमा, आदर्शमा, सपनामा, लक्षमा, विश्वासमा हाम्रा बाटाहरु जब फरक हुन्छन् सम्बन्धमा धाँजा पर्दछन् भने भौतिक सम्बन्ध पनि नाजायज हुन्छ । भनिसकें, अब हाम्रा सहयात्रा र सम्भोगलाई निरन्तरता दिनु भनेको एकआपसमा मानसिक अपराध र वैधानिक वेश्यागमन हुन जान्छ । त्यसैले हो… हामी अब कठोर निणर्यमा पुग्नैपर्ने हुन्छ ।

इस्लामी संस्कृतिमा हलाला भन्ने एउटा चलन छ । तलाक भनेपछि डिभोर्स हुने अनि हलाला (फेरि अन्य पुरुषसँग निकाहा गरी उसले पनि तलाक दिएर पहिलेकै लोग्नेसँग फेरि निकाहा गर्ने चलन) गरेर फेरि पतिपत्नी बन्ने चलनको विरुद्ध अहिले आवाज उठिरहेको छ भने फेरि सम्बन्ध भनेको एक अर्को तात्विक रुपमै फेरिनु हो वा स्वार्थरेखा मेटिनु हो । तर, हामीले नयाँ अभ्यास गर्न पनि सक्छौ । त्यो हो सहवास त्याग्नु भनेको शत्रुता वेगर जसरी अन्य स्त्रीपुरुषबीच एकआपसमा सहकार्य र सहयोग हुनसक्छ । तर, हाम्राजस्ता सांस्कृतिक सामन्तवादले जकडिएको समाजमा पूर्व पे्रमी—प्रेमिकाको सहयात्रालाई सहजरुपमा लिईदैन् ।

हाम्रा सम्बन्धहरुमा क्रमशः पैरै जाँदै गरेको केही समयदेखि महसुस गर्दै आएको थिएँ । कसरी यो परेवा जोडी बीचमा सम्बन्धको चिस्यान आयो र डिभोर्सको निर्णयमा पुगे… अर्को आश्चर्य बन्यो मलाई । कुन पापीले हाम्रो प्रेममा आँखा लगायो र यस्तो दुःखान्त परिणाममा पु¥यायो । ओहो ! हाम्रो एकअर्काको मिलाप चानचुने थिएन होइन र । लाल–हिरको जोडी जस्तो, रोमियो र जुलियटको प्रेम जस्तै, लैला र मजनुको आशक्ति जस्तो हिर र राँझाको दुई हृदयको मिलान जस्तै एकअर्कामा विलिनता हाम्रा वैरीका आँखाका कसिङ्गर र टाउको दुखाईका कारण थिए । तर, समय फेरिए, आदर्श बदलिए, तिम्रा जीवनमा अरुको आगमन भयो, म टुलुटुलु हेरिरहन सक्दिनथे । आखिर म पनि त पुरुषै थिए । पुरुषोचित संस्कारबाट कसरी टाढा हुन्थे र ! त्यस्तो ६३ सम्बन्धबाट ३६ मा फेरिदा पनि हामी आपसमा छली बन्दै आफैलाई झुक्याउदै थियौँ । म्याकावेली दिक्षित आधुनिक राजनीतिज्ञ जस्तै विकसित ठण्डा सम्बन्धलाई हामीले एकआपसमा ठगी गर्दै हाकाहाकी र खुलस्त भन्न सकिरहेका थिएनौँ ।

त्यसैले सुञ्जुकी !

अब यस आधुनिक युगमा कोही लैला–मजनु, रोमियो र जुलियट, हिर र राँझाका कुराहरु भवनामय पुस्तकका विषय मात्र बन्नेछन् । प्रेमस्रेम त हाम्रो समाजमा अब को, कति र के फाइदा दिनसक्छ र उसको उपयोगिता के छ ? भन्ने भइसक्यो । त्यसैले एकआपसमा छलिरहँदा दिल र दिमाग दुबैलाई बोझ बन्नेछ । सही नसक्नुु भएर यस निर्णयमा पुगेको हुँ । मानसिक बोझ र पीडा भनेका शारीरिक पीडाभन्दा असह्य हुन्छन्… । दील दुख्छ र अति च¥याउँछ क्या ।

मेरो अवस्था र हविगत चाल पायौँ, आयौ । कुटनीतिक जालोमा फेरि फसाउन चाह्यौ पनि । संवेदना मरेको सम्बन्धलाई निरन्तरता दिनु वैधानिक वेश्यावृति भएकाले मलाई त्यो स्वीकार्य भएन्… सुञ्जुकी । त्यो नाफाको व्यापार हो । म प्रेम र सम्बन्धको व्यापारी बन्न सक्दिन हाे । त्यसैले सम्झौताको प्रस्ताव स्वीकार्न सकिन् । माफ गर… । अब भेल बनेर उर्लिएको यो उकुसमुकुस बाढी बनेर मौनताको बाँध फोर्ने प¥यो मात्र । जब मलाई आफ्नै गौरवताको बोझ उठाउन हम्मेहम्मे परिराछ भने तिम्रो कुहिन लागेको शरीरलाई कसरी काँध दिउँ ! भन त… । अब महादेव सत्यदेवीको जस्तो भावनात्मक सम्बन्ध पनि त रहेन नि ।

म तिमी जस्तो हुन सकिन्, तिमी म जस्तो बन्न सकिनौ । दुबै, दुबै जस्ता तर सम्बन्ध भने कायमै । यस्तो कुरा हुनै सक्दैन् । आचरणमा, आदर्शमा, सपनामा, लक्षमा, विश्वासमा हाम्रा बाटाहरु जब फरक हुन्छन् सम्बन्धमा धाँजा पर्दछन् भने भौतिक सम्बन्ध पनि नाजायज हुन्छ । भनिसकें, अब हाम्रा सहयात्रा र सम्भोगलाई निरन्तरता दिनु भनेको एकआपसमा मानसिक अपराध र वैधानिक वेश्यागमन हुन जान्छ । त्यसैले हो… हामी अब कठोर निणर्यमा पुग्नैपर्ने हुन्छ । आफैलाई न्याय दिन्, आफनै विरुद्ध नालिस दिने, प्रतिवादी लगाउने, फैसला आफै गर्ने र फैसला कार्यान्वयन गर्ने पनि । सजाय आफै तोक्ने, स्वयमसेवी तरिकाले भोग्ने ।

आउ सुन्जुकी, अब सम्वन्धको संघार काटौँ । आफ्नै विरुद्ध नारा घन्काउँदै झण्डा उठाउ । नयाँ यात्रामा लम्कौ । आफै विरुद्धको नविन यात्रा कम चुनौतीका हुँदैनन् । सामना गर्ने समयको माग हो । जे सोच, तर मेरो निर्णयलाई चित्त नबुझे पनि हार्दिक रुपमा स्वीकार… मेरी आफन्ती ।

संवेदना मरेको सम्बन्धलाई निरन्तरता दिनु वैधानिक वेश्यावृति भएकाले मलाई त्यो स्वीकार्य भएन्… सुञ्जुकी । त्यो नाफाको व्यापार हो । म प्रेम र सम्बन्धको व्यापारी बन्न सक्दिन हौ ।

अहो कस्तो संघार । भित्र र बाहिरको दोसाँध । पराधिनता–आश्रय र उन्मुक्त स्वतन्त्रताको रेखा । संघार काट्नु भनेको कस्तो कठिन ….उफ् । नयाँ जीवनको थालनी । पुरानोको अन्त र नयाँको श्रीगणेश । बसाई सरे जस्तो । हिजोका सम्बंध तोडिने, नयाँ बनाउनु पर्ने । एउटा सनातनी र सरल जीवन विताउने मान्छेले विस्थापनको पीडा र स्थापित हुँदाका संर्घष थाहा नै पाउँदैन् । त्यसैले मान्छे संघार काट्ने हिम्मत पटक्कै गर्दैन र उन्मुक्त स्वतन्त्रताको रसस्वादन पनि जीवनभर गर्न पाँउदैन । आउ सुन्जुकी… यही अदृस्य बन्धनको संघार काटौँ । दुःखान्तको नाटकिय भूमिकामा आसुँ झारेर मेरो नवयात्रा नरोक् …….बिन्ती ……बिन्ती । हामी हाम्रो मालिक बन्ने अधिकार अर्कालाई नसुम्पौ । वीचार सहितको प्रेममा कमरेड हुन्छ । ब्यबपारको मित्रता नाफामासाझेदार । आर्दश सहितको आफन्तीलोपना प्रेमी—प्रेमिकाको ।

भावनामा रत्तिएकाहरु बाउआमाको काख सहजै छोड्न सक्छन्, आईपर्ने आपत–विपतको लेखाजोखा गर्दैनन् । तर संघार त संघारै हो नि । संघार भित्र छानो हुन्छ । भित्ता हुन्छ, सघांरभित्र परेपछि दर्के पानीले रुझ्नु पर्दैन, हावाहुरी छेल्नु पर्दैन, असिना झरीबाट चुटिनु पर्देन । कटकटिने हिँउ र तुषारोबाट ठिहिरिनु पर्दैन् । हिमपातबाट जोगिन्छ, हिस्रक जनवारको शिकार हुनुपर्दैन । टन्टलापुर घाम छलिने शितल छाहारी पाइन्छ । निस्पट निदाउने हाईसन्चो निन्द्रा पाइन्छ । तर, संघारभित्र स्वतन्त्रता बन्धकी राख्नुपर्छ । छानोँलाई मालिक स्वीकार्नुपर्छ । स्वाभिमानले संघांरको आदेशमा चल्नुपर्छ । संघार काटेपछि भने चारैतर्फबाट बात लाग्छ । चारैतर्फ खुला र प्रतिकूलता । भित्ता, छानु, थाम, निदाल र भ¥याङ सबै परिचितसँग गाँसिएका सम्बन्ध टुटेर एक्लो हुँदै आफैले बनाएका बाटामा लम्कनुपर्ने । संसारकै हरेक स्वभिमानी र स्वतन्त्रताका लागि हरेकले संघार काटेका हुन्छन् । स्वतन्त्रता र स्वाभिमानले नै त मान्छेलाई पशुबाट अलग्याई दियो नि हैन् त ! …आफन्ती ।

त्यसैले सुन्जुकी ! अब हाम्रो कल्याणकै लागि पनि सम्बन्धलाई निरन्तरता दिनु हुँदैन् । मेरो चिन्ता नगर आउँदा कठिनाई र लोकलाजलाई पचाउनेछु । हरेकका जवाफ मसँग आफ्नै प्रकारका हुनेछन् ।

तिमीसँग मेरो कुनै गुनासो छैन् । अगोल्टा नठोसी कहाँ आगो दन्किन्छ र ! तिम्रो हाम्रो लगनगाँठो पनि त कसैको करकाप र सल्लाह सुझाबले गासिएको थिएन नि । न त कुनै प्रेमीय आवेगमा । मैले सपना देखे‌ं । तिमीले आफ्नो न्यानो बाहुपासमा बाध्यौ र प्रेमीय अभिभावकत्व दिने कबुल गर्दा आफ्नै सुन्दर संसारको चित्र कोरीँ । तिमीले पहिलो रातमै भनेको कुरा याद आउँछ… केशर सपना देख् र त्यसलाई विपनीमा फेर्ने कर्म गर । आदर्शका मूल्य कुनै व्यापार हाेइन । नाफा र घाटाको तराजुमा तौलिने हैन । म छाहारी दिन्छु, सपना दिन्छु, अनि सपनालाई फेर्ने शक्ति र सोच दिन्छु भनेर बढाएका हातहरुको न्यानोपना अहिले पनि ताजै छ । तर, किन आज त्यही गर्माहट भने म पाउँदिन । त्यति स्पष्ट तिमी, अहिलेको ब्यवहारमा भने छलछाम देख्छु । कुरा फेरिएका छन्, लवजमा त्यो माधुर्यता, सहहृदयका धडकन पाउँदिन् । तब यो पाल्सी जीवन मलाई बोझ बन्दै गएर यस निर्णयमा पुगेको हुँ ।

लामो प्रष्टिकरणको के आववश्यकता ? म डिभोर्स त गर्छु तर म कुनै कुलगांरसँग भने अर्को विहे गर्ने छैन् । धुन्धुकारीको आफन्त बन्ने छैन् । पाल्सी कुरा घिन लाग्छ, त्यस्तासँग सहवास पटक्कै गर्ने छैन् । मानव रक्त र मासुको पक्वान बनाउनेसँग सम्भोग गर्ने छैन् । तर के गर्नु फेरि भावनाले विचार लतार्दा डिभोर्स शब्द सम्झदै आङ जिरिङ जिरिङ हुन्छ ।

प्रेमस्रेम त हाम्रो समाजमा अब को, कति र के फाइदा दिनसक्छ र उसको उपयोगिता के छ ? भन्ने भइसक्यो । त्यसैले एकआपसमा छलिरहँदा दिल र दिमाग दुबैलाई बोझ बन्नेछ । सही नसक्नुु भएर यस निर्णयमा पुगेको हुँ । मानसिक बोझ र पीडा भनेका शारीरिक पीडाभन्दा असह्य हुन्छन्… । दील दुख्छ र अति च¥याउँछ क्या ।

अनौठो अदृस्य पासोमा फसेका हामीहरु । जोरीपारी खिसीट्यूरी गर्दै तीर्घा ठोक्दै उनीहरुको हड्डी पनि खितखिताउला । मेरा कुलले हामीलाई भरोशा गर्देै वंश चलाउलान् भन्दै चिहानमा पुरिएका सुन्दर र ओजिला मान्छेहरु र जिउँदा एवं सग्ला गर्विला मान्छेहरु चिन्तित होलान नै । पुर्खाहरुले वंशको श्रीवृद्धि होला, दैलो नलाग्ला र चुलो सधैँ जल्ला सोचेका थिए । तिमीबाट एउटै भए पनि सन्तान जन्माउने रहर अधुरै भयो । यी अदृस्य आतङ्कको छायाले सदा ममाथि रजाई गरिरहेको हुनेछ । तर, के गरौँ… हाम्रो समबन्धको अर्थ बच्चा कोरल्न र तोँद फूलाउन मात्रै हो त ! गम्दै जाँदा असह्य हुन्थ्यो, सुन्जुकी।

बिस्तरामा को पो नाङ्गो हुँदैन र ? यसलाई बिर्सन हरेक रात मदहोस भएर वा कविता कोरेर बिताउनु पर्दथ्र्यो, मलाई । भो…, भयो ….अति भयो । दुख्यो मलाई । अब मैले यसलाई धान्न, तान्न र लतार्न भने सकिन् । त्यसैले तिमी हामी डिभोर्स गर्नुपर्छ र हाम्रा जटिल सम्बन्धलाई सरलीकरण गर्दै सामान्य हुँदै जानुपर्छ पनि ।

यसलाई वैरभाव गरेर इखमा अथवा एकले अर्कालाई अपमान गर्यो भनेर बुझिनु पनि हुँदैन् । यो नाजुक र संवेदनशीलतालाई हेर्दै एक अर्कालाई बात नलगाँउ । त्यो काम गाली पण्डितहरु कै अंशमा छोडिदिउँ । आउ प्रिय… हात मिलाएर डिभोर्स कार्यक्रमलाई सफल पारौँ र एउटा रुन्चेभोजको जामलाई चियर्स गरौँ… हुर्रे हुर्रे भन्दै… उन्मुक्त स्वतन्त्रताका नारा लगाउँदै ।