अघिल्लो वर्षको तुलनामा बढी उठ्यो राजश्व,११ महिनामा १० खर्ब २७ अर्ब संकलन

Dinesh Kumar Ghimire

काठमाडौं, असार १ । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सरकारको कुल राजस्व संकलन १० खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८ अर्ब रुपैयाँले बढी हो। अर्थ मन्त्रालयका अनुसार २०८२ असार १ गतेसम्म संकलन भएको राजस्व अघिल्लो वर्ष सोही अवधीको ९ खर्ब ३९ अर्ब रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि […]

दाइजो अन्त्यलाई राजनीतिक एजेन्डा बनाइनुपर्नेमा जोड

ललिता साह, काठमाडौं । तराई–मधेशमा गहिरिँदो दाइजो प्रथाले सामाजिक अन्याय र वर्गीय विभाजनलाई झन गहिरो बनाइरहेको सन्दर्भमा, यस समस्यालाई अब राजनीतिक एजेन्डाको रूपमा उठाउनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। शनिबार काठमाडौँमा आयोजित ‘मधेशी समाजमा दहेजको कुलत : इतिहास, कारण र उपचार’ विषयक रूपान्तरण संवाद कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले दाइजो समस्या समाधानको लागि सामाजिक, कानुनी र राजनीतिक […]

पालिकालाई कर नतिर्ने मण्डनदेउपुरका ४ उद्योगमा ताला

काभ्रेपलाञ्चोक । कर तिर्न आनाकानी गर्ने उद्योगप्रति मण्डनदेउपुर नगरपालिकाले कडाइ गरेको छ। नगरपालिकाले पालिकामा सञ्चालित चार उद्योगहरूमा शुक्रबार तालाबन्दी गरिदिएको छ । नगर प्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागितामा गरिएको अनुगमनपछि तालाबन्दी गरिएको हो। नगरपालिकाले जनाएअनुसार वडा नं. ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले २०७८/७९ देखि […]

आज विश्व रक्तदाता दिवस, ललितपुरमा यातायात श्रमिकको विशेष कार्यक्रम

ललितपुर । आज, जुन १४ अर्थात् विश्व रक्तदाता दिवस । यो दिवस नेपालमा पनि रक्तदान र सो सम्बन्धी कार्यक्रम गरी मनाइँदैछ।  “रगत दिनुहोस्, आशा दिनुहोस्:जीवन बचाऔ” भन्ने नाराका साथ मनाइरहेको विश्व रक्तदाता दिवस २०२५ को अवसर पारेर ललितपुरको लगनखेल बसपार्कमा आयोजित निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र यातायात श्रमिक संगठनको आयोजनामा […]

फेरिँदै पाकिस्तानलाई हेर्ने अमेरिकी आँखा, पाकिस्तानी सेना प्रमुखलाई बनाइयो विशेष अतिथि

इस्लामवाद । पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिका भ्रमणमा निस्केका छन्। आज शनिबार अर्थात जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सवको समारोहमा उनी बिशेष अतिथिका रूपमा सहभागी हुनेछन्। यो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ७९ औं जन्मदिन पनि हो। यस अवसरमा राजधानी वासिङ्टनमा परेडको आयोजना गरिनेछ। मुनिरको पहिलो अमेरिका भ्रमण २०२३ मा […]

बालबालिकाको शिक्षामा निजामती कर्मचारी संगठनको योगदान, ८ विद्यार्थीको अभिभावकत्व ग्रहण

भक्तपुर । नेपाल निजामती कर्मचारी संगठनको शिक्षा विभागीय समितिले यस वर्ष थप चारजना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई विद्यालय भर्ना गराएको छ । आर्थिक,पारिवारिक र सामाजिक बाध्यताले विद्यालय जानबाट वञ्चित बालबालिकाको पहिचान गरी यस वर्ष थप चार जनालाई विद्यालय भर्ना गराइएको संगठनका केन्द्रीय सदस्य एवं शिक्षा विभागीय समितिका इन्चार्ज शिवराज पोखरेलले जनाएका छन् । हालसम्म […]

१० महिनामा वाणिज्य बैंकको खुदनाफा ४७ अर्ब बढी, कसको कति?

काठमाडौ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब ४८ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आवको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ । नबिलको नाफा ५ […]

प्रमुख प्रतिपक्षले बहादुरीपूर्वक आत्मसमर्पण गर्यो : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भूमिका खेलेको आरोप लगाएका हुन् । ‘प्रमुख प्रतिपक्षी दलले वीरता र बहादुरीपुर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङदेनले भने ।  संसदमा माओवादी केन्द्रका प्रमुख सचेतक […]

प्रतिनिधिसभाको बैठक सुरू, रास्वपा र राप्रपाको बिरोध यथावत

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भएपछि संसद सुरू भएको हो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर बिरोध जनाइरहेका छन् । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग […]

प्रतिपक्ष लचक भएपछि संसद खुलाउन दुई बुँदे सहमति

काठमाडौं, ३० जेठ । संसद खुलाउनका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्षी बिचमा २ बुदेँ सहमति भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन ।  ‘हस्ताक्षरको अन्तिम तयारी हुदैँछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मुलभुत बिषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु […]