एमालेले पनि मंसिरमै महाधिवेशन गर्ने

भक्तपुर । नेकपा (एमाले) ले ११ औं महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको  छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले पार्टीको ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको नेता महेश बस्नेतले बताए।

 मिति र स्थान असोज २९ गतेदेखि सुरु हुने केन्द्रीकमिटी बैठकले निर्धारण गर्ने उनले बताएका छन् 

भदौ २३–२४ को जेनजी आन्दोलनपछि पार्टी पुनर्गठनको माग बढ्दै जादाँ एमालेले एक वर्ष अघि नै महाधिवेशन गर्ने निर्णय लिएको बताइएको छ ।