आउँदै सलाम इच्छुक

काठमाडौ । तत्कालीन जनयुद्धको कठिन कालखण्डमा राज्यद्वारा हत्या गरिएका क्रान्तिकारी पत्रकार एवं साहित्यकार शहीद कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’ को छायांकन सम्पन्न भएको छ। सामाजिक न्याय, क्रान्तिकारी चेतना र मुक्तिको सपना बोकेका इच्छुकको बलिदानलाई श्रद्धापूर्वक स्मरण गर्दै यो गीत तयार पारिएको हो। गीतमा महेश्वर दाहालको शब्द, केशर कालिकोटेको संगीत र रमण […]

सर्लाहीमा नेता यादवलाई पक्राउ गर्न एक हजार बढी प्रहरी परिचालन

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। सर्लाहीको कविलासी घर भएका यादवलाई पक्राउ गर्न व्यापक प्रहरी परिचालन भएपनि उनी प्रहरीको हातमा परेका छैनन् । जिल्ला अदालत सर्लाहीबाट पक्राउ पूर्जी लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाभरका सबै […]

भक्तपुरमा शिक्षकलाई आगलागी सम्बन्धी विपद् व्यवस्थापन तालिम

भक्तपुर । भक्तपुर नगरपालिका–१ मा विद्यालयस्तरीय आगलागी सम्बन्धी विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ। शुक्रबार सम्पन्न तालिममा वडा नं १ भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ३० शिक्षक र कर्मचारी सहभागी थिए। तालिममा आगलागीका प्रकार, नियन्त्रण विधि, तथा ‘DCMP’ र ‘PASS’ विधिको व्यवहारिक प्रयोगबारे सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइएको थियो। वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयका शिक्षक तथा […]

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायतमा आयोजित एक विशेष कार्यक्रममा बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न खुलेर आग्रह गरेका छन्। लण्डनस्थित नेपाली दूतावास र बेलायत–नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार निर्माण र उत्पादन क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यको रूपमा प्रस्तुत गरे। […]

उडेको चरा समात्ने साहस भएका युवासँग देश विकास गर्ने क्षमता हुन्छ-उपाध्यक्ष बस्नेत

काठमाडौं । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले देश विकासका लागि युवा अग्रसरता अनिवार्य रहेको बताएका छन्। काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा आयोजित ‘युवा नेतृत्व तथा उद्यमशीलता कार्यशाला’ कार्यक्रममा बोल्दै उपाध्यक्ष बस्नेतले भने, “आकाशमा उडिरहेको चरा समात्ने साहस भएका युवासँग मात्र देश विकास गर्ने क्षमता हुन्छ।” उनले गौतम बुद्धदेखि बिनोद चौधरी र सोविता गौतमसम्मको उदाहरण प्रस्तुत […]

भक्तपुरका सबै पालिका पूर्ण खोप सुनिश्चित, जिल्ला घोषणा असारभित्रै

भक्तपुर । भक्तपुरका चारैवटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। बिहीबार भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेसंगै जिल्लाका सबै नगरपालिका पूर्ण खोप सुनिश्चित भएका जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले जनाएकी छन् । भक्तपुरमा सूर्यविनायक नगरपालिकालाई सबैभन्दा पहिला गत जेठमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा थियो भने त्यसयता क्रमशः चाँगुनारायण र […]

बज्रबाराही चापागाउँ अस्पतालको सामाजिक परीक्षण सम्पन्न

ललितपुर । ललितपुरस्थित प्रादेशिक अस्पताल बज्रबाराही चापागाउँ अस्पताललाई गुणस्तरीय, उत्तरदायी र जनमैत्री सेवाको नमुना अस्पतालका रूपमा विकास गर्न सरोकारवाला निकायले सामूहिक प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले बिहीबार आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले अस्पतालको सेवा विस्तार, सुधार र जनविश्वास निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन्। नागरिकहित केन्द्रमा राखेर सेवा सुधार गर्नुपर्ने […]

युवामैत्री स्थानीय तहका लागि सुचक परिमार्जन कार्यशाला सम्पन्न

राष्ट्रिय युवा परिषद्ले “युवामैत्री स्थानीय तह दिग्दर्शन–२०८०” अन्तर्गत सुचक परिमार्जन सम्बन्धी कार्यशाला बिहीबार सम्पन्न गरेको छ। कार्यशालामा सहभागीहरूले सुचकहरूलाई समयसापेक्ष बनाउँदै स्थानीय तहका नीति, योजना तथा बजेट युवामैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवामैत्री सुचकमा थपघट गर्नुपर्ने माग बढिरहेको बताउँदै भने, “सेवा प्रवाह पारदर्शी र प्रभावकारी बनाउन स्थानीय तहले राज्यले बनाएका सुचकको […]

भक्तपुरमा आयुर्वेदप्रति आकर्षण बढ्दै, निःशुल्क सेवा विस्तारमा आयुर्वेद चिकित्सालय

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सेवा प्रभावकारिता, निःशुल्क सेवा र जनमैत्री उपचार प्रणालीका कारण जनविश्वास आर्जन गर्दै गएको जनाएको छ। चिकित्सालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै बिरामी संख्यामा वृद्धि, सेवा विस्तार र संस्थागत सुधारबारे जानकारी गराइएको हो। चिकित्सालयका प्रमुख डा. नदन कँडेलका अनुसार भक्तपुरबासीमा आयुर्वेदिक चिकित्सा […]

भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

भक्तपुर । भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। नगर प्रमुख सुनिल प्रजापतिले बिहीबार आयोजित कार्यक्रममा औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितताको घोषणा गरे। घोषणा कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको भूमिकामा थप जिम्मेवारी बढेको उल्लेख गर्दै सरकारले प्रमाणित गरेका खोप सबै नागरिकको पहुँचमा पु-याउन जोड दिनुपर्ने बताए। उनले कोभिड महामारीले खोपको […]