काठमाडौमा अतिक्रमित टहरा हटाउन सातदिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगर भित्र अतिक्रमित जग्गा हटाउन ७ दिनको अल्टिमेटम दिइएको छ ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले ७ दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन अल्टिमेटम दिएका हुन् ।

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवन जन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भएगरेका कार्यहरू ७ दिनभित्र हटाइ सहयोग गर्नुहोला,’ महानगर र प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।