हिडन भ्यालीमा हराइरहेका पर्यटकसहित १५ जनाको उद्धार

Hiu
Hiu

मुस्ताङ । मुस्ताङ जिल्लाको हिडन भ्याली ईलाकाको हिमपातमा फसेका तीन विदेशी सहित १५ जना पर्यटकहरुलाई उद्धार गरिएको छ ।

नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको अथक प्रयासपछि उनीहरूलाई फेला पारी उद्धार गर्न सफल भएको नेपाली सेनाले जनाएको हो ।

करिब ४९०० मिटरको बतासेडाँडा ईलाकामा उनीहरू फेला परेका र साधारण स्वास्थ्य परिक्षण पश्‍चात नेपाली सेनाको इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैर सैनिक पथ प्रदर्शक सहितको संयुक्त उद्धार टोलिले जोमसोमतर्फ ल्याउने कार्य भईरहेको नेपाली सेनाको भनाइ छ ।