मुस्ताङबाट वाम गठबन्धनले खोल्यो पहिलो खाता

काठमाडौं, २१ मंसिर । वाम गठबन्धनले अाफ्नाे जितकाे पहिलाे खाता हिमाली जिल्ला मुस्ताङबाट खाेलेकाे छ । वाम गठबन्धनबाट चुनाव लडेका नेकपा एमाले प्रदेशसभाका उम्मेदवार इन्द्रधारा बिष्टले हिमाल पारीकाे जिल्ला मुस्ताङकाे प्रदेश क बाट जित हासिल गरेका हुन् । उनी यससँगै पहिलाे निर्वाचित प्रदेश सभा सदस्य बनेका छन् ।

मुस्ताङमा मंसिर १० गते निर्वाचन सम्पन्न भएकाे थियाे । १० गते मतदान सम्पन्न भए पनि दाेस्राे चरणकाे निर्वाचन बिहीबार साँझ ५ बजे सकिए लगत्तै मतगणना सुरु भएकाे थियाे । बिहीबार साँझ ५ बजेबाट सुरु भएको मत गणना अनुसार विष्टले ११ सय ६७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।

 

Loading...