राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट अभियोगमा तीन पक्राउ

shitalniwas

काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा, र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आन्दोलनका क्रममा शीतल निवास परिसरमा प्रवेश गरी तोडफोड तथा आगजनी गर्नुका साथै त्यहाँबाट सरसामान चोरी गरेको आशंका गरिएको छ। प्रहरीले उनीहरूको साथबाट राष्ट्रपति कार्यालयमा प्रयोग हुने प्रिन्टर, वाईफाई राउटरलगायतका सामग्री बरामद गरेको जनाएको छ।

उनीहरूविरुद्ध चोरी र आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।