रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले २ लाख दिने

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ मा स्थित रसुवागढीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छ । मृतकका परिवारलाई जनही २ लाखको दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बताए ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको प्राधिकरणको १४ औँ राष्ट्रिय […]

सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से परिसूचक फेरि २७०० माथि

काठमाडौँ । साताको चौथो दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २३.९९ अङ्कले बढेर २७०७.८५ विन्दुमा पुगेको हो । यो ०.८९ प्रतिशतको वृद्धि हो। आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। आज २४८ कम्पनी र ३१६ […]

बागलुङमा बाढीले बगायो कालुङखोला जलविद्युत आयोजना

बागलुङ । बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना बगाएको छ। बुधबार जैमिनी नगरपालिका-९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उनका अनुसार कालुङखोला आयोजनाको विद्युतगृह र त्यहाँ रहेका तीन वटा झुलुङ्गे पुलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले एउटा गोरूलाई पनि बगाएको छ। त्यहाँ रहेका करिब १० वटा […]

पत्रकार दिवाकरको पक्षमा उभियो पत्रकार महासंघ

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले एचटीपी खबरका पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गत असार २३ गते राति अनुचित गतिविधि भइरहेको सूचना पाएपछि पत्रकार साह पूर्वाधार विकास कार्यालय महोत्तरी पुगेका थिए। समाचार संकलनका क्रममा त्यहाँ उपस्थित केही व्यक्तिहरुले पत्रकार साहसँग दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। महासंघको […]

दाउन्नेमा सडक भासिदा बर्दघाट-दुम्किबास खण्ड पूर्णरुपमा बन्द

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ । वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा लु१क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने […]

बाढीले उपल्लो मुस्ताङमा ६ वटा पुलमा क्षति, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

मुस्ताङ । उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो । बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधीन अर्को एक गरी दुई वटा पक्की मोटरेबल […]

आजको मौसम : देशका यी पाँच प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका […]

नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित दाहाल रास्वपा प्रवेश

ललितपुर । नेपाली कांग्रेसजस्तो पुरानो र स्थापित राजनीतिक दलको सदस्यतासहित निर्वाचित वडा सदस्य पद समेत परित्याग गर्दै युवा नेता रोम प्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनीसँगै  अरु दर्जनौं युवाहरू पनि रास्वपामा आवद्ध भएका छन्। दाहाल ललितपुरको बागमती गाउँपालिका-४ का निर्वाचित जनप्रतिनिधि हुन् । उनले गाउँपलिका अध्यक्षलाई पत्र लेख्दै पदबाट राजीनामा […]

काभ्रेमा स्कूल बस र मोटरसाइकल ठोक्किदाँ गयो दुईजनाको ज्यान

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फी डाँडा नजिकै बिपी राजमार्गमा स्कूल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।  दुर्घटना आज मंगलबार साँझ करिब साढे ७ बजे भएको हो। नमोबुद्धबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको सगुन विद्या मन्दिरको विद्यार्थी बोकेको बा.४ ख ७१ नम्बरको स्कुल बस र विपरित दिशाबाट आइरहेको बा.७१ प ६८८० नम्बरको […]

प्रधानमन्त्रीले बुझे बाढीको बितण्डा

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन्। बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्रीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गरे। उनले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको अवस्था, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चासो […]