जाजरकोट । जाजरकोटको एक माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । तालाबन्दी गरेपछि विद्यालयको पढाइ ठप्प भएको छ । जाजरकोटको कुशे गाउँपालिका वडा नं. १ काफलपाटामा रहेको तपोधेनु माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा पढाउने शिक्षकहरु कोही पनि नआएपछि पढ्न गएका विद्यार्थीहरुले आफ्नो पढ्न पाउने नैसर्गिक अधिकार हनन भएको भन्दै तालाबन्दी गरेका हुन् […]
शिक्षा
पद्म माविको १०२ औं वार्षिकोत्सव, भवन नबन्दा मन्त्रीलाई नै लाज
भक्तपुर । देशकै दोस्रो पुरानो विद्यालय भक्तपुर-३ स्थित श्री पद्म माध्यमिक विद्यालयले सोमबार आफ्नो १०२औँ वार्षिकोत्सव तथा कलेजको १६औँ स्थापना दिवस मनाएको छ । बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा विशेष समारोहसहित कार्यक्रम सम्पन्न भएको हो । समारोहलाई सम्बोधन गर्दै सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका मन्त्री श्रेष्ठले भूकम्पबाट […]
प्याब्सनको जिल्लास्तरीय लोकनृत्य प्रतियोगितामा मित्रश्री पाठशाला पहिलो
भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुर जिल्ला शाखाले आयोजना गरेको जिल्ला स्तरीय अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा मित्रश्री पाठशाला पहिलो भएको छ । शुक्रवार नयाँ थिमिस्थित यचु बैंक्वेटमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा सहभागी एक दर्जन बढी विद्यालयलाई पछि पार्दै मित्रश्री पहिलो बन्न सफल भएको हो । चाँगुनारायण नगरस्तरीय प्रतियोगितामा दोश्रो भएर फाइनलमा प्रवेश […]
भक्तपुरमा ‘वातावरणमैत्री विद्यालय र विद्यार्थी कार्यक्रम’ शुरु
भक्तपुर । ‘राष्ट्रको लागि दुई घण्टा’ अभियानले वातावरणमैत्री विद्यालय र विद्यार्थी कार्यक्रम शुरु गरेको छ। नेपाल फुलबारीको प्राविधिक सहयोग तथा मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा कार्यक्रम शुरु गरिएको अभियानका उपाध्यक्ष नरेश रन्जितले जनाएका छन् । कार्यक्रममार्फत विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक वातावरण संरक्षणका व्यवहारिक अभ्यास सिकाइने र लागू गराइने अभियानका अध्यक्ष मधु ढुङ्गेलले जानकारी गराए । गठ्ठाघरस्थित […]
नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, अब जिल्ला स्तरमा प्रतिस्पर्धा
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–स्तरीय नृत्य प्रतियोगितामा दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ। चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना गरेको प्रतियोगितामा नगरका विभिन्न विद्यालयका विद्यार्थी समूहले प्रतिस्पर्धात्मक प्रस्तुती दिएका थिए। तीमध्ये गोल्डेन सुनगाभाका विद्यार्थीले प्रस्तुत गरेको समूह नृत्य मौलिकता, तालमेल, अभिव्यक्ति र प्रस्तुतिको प्रवाहका आधारमा सर्वाधिक अंक प्राप्त गर्दै शीर्ष स्थानमा पर्न सफल भएको […]
भक्तपुर नगरब्यापी लोकनृत्य प्रतियोगितामा सूर्योदय, माउन्ट भ्याली र लिटिल वर्ल्ड बने बिजेता
भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नगर कार्य समिति भक्तपुरद्वारा आयोजित नगर स्तरीय लोकनृत्य प्रतियोगिता आइतबार कमलविनायकमा सम्पन्न भएको छ । प्रतियोगितामा सूर्योदय इ. स्कुलले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान हासिल गर्यो । माउन्ट भ्याली इ. स्कुल दोश्रो र लिटिल वर्ल्ड इ. स्कुल तेस्रो स्थान हासिल गर्न सफल रहे । त्यस्तै, साइनिङ […]
भक्तपुरको शैक्षिक इतिहासमा सम्भवतः पहिलोपटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न
भक्तपुर । भक्तपुरको शैक्षिक इतिहासमा सम्भवतः पहिलोपटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याव्सन भक्तपुर अन्तर्गत मदरल्याण्ड स्कुलले आयोजना गरेको यो प्रतियोगिता विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण मञ्च बनेको छ। प्रतियोगिता अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना कथा, अभिनय र सिर्जनालाई अत्यन्त प्रभावकारी तरिकाले प्रस्तुत गरे। ती प्रस्तुतीमध्ये ऋतम्भरा पाठशालाले उत्कृष्ट नाटक प्रस्तुत गर्दै प्रथम […]
‘सेन्ट्रल फेस्ट-२०८२’ सम्पन्न
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजले ‘सेन्ट्रल फेस्ट-२०८२’ सम्पन्न गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा बेदराज केसीको प्रमुख आतिथ्यता रहेको सेन्ट्रल फेस्टलाई कलेज संचालक समितिका अध्यक्ष गोपालकृष्ण श्रेष्ठ, प्रहरी उपरीक्षक कृष्णबहादुर धिताल तथा विद्यार्थी, प्राध्यापक, अभिभावक र स्थानीयहरुले अभिरुचीपूर्वक अवलोकन गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले गीत, संगीत, नृत्य,सायित्यका अलावा फेसन, डिजाइन, सस्कृति, हस्पिटालिटी, […]
नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स सुरु
काठमाडौँ।अक्षरा स्कूलद्वारा आयोजना गरिएको नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स (AMUN) बिहीबारदेखि सुरु भएको छ। उपत्यकाभित्रका ९ वटा विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत २ सय ५ विद्यार्थी सहभागी तीनदिने कार्यक्रमको उद्घाटन व्यवसायी तथा पद्मज्योति समूहका अध्यक्ष सौरभ ज्योतिले गरेका छन्। कक्षाकोठाले मात्र नपुग्ने अतिरिक्त ज्ञान, अन्तर्राष्ट्रिय बुझाइ र जीवनोपयोगी सीप विकासका उद्देश्यले हरेक वर्ष […]
शिक्षाका वरिष्ठ सहसचिव अर्याललाई प्रदेश प्रमुख सचिवको जिम्मेवारी
काठमाडौ । सरकारले शिक्षा सेवाका वरिष्ठ सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु (कायम मुकायम) प्रमुख सचिवको जिम्मेवारी दिएको छ। मंगलबार बसेको मन्त्रीपरिषद बैठकले अर्याललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । शिक्षा सेवाबाट नै सचिव भएका डा कमलप्रसाद पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गर्दै अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु प्रदेश सचिव नियुक्त गरिएको हो […]











