चन्द्रमाको सतहमा ब्लू घोस्ट

काठमाडौँ । फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान ब्लू घोस्ट सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । अवतरण चन्द्रमाको मारे क्रिसियम क्षेत्रमा भएको थियो । यो मिसन चन्द्रमाको यो अदृश्य भागमा अवतरण गर्ने तीन प्रमुख अन्तरिक्ष अभियानहरूको सुरुवात हो । ब्लू घोस्ट मिसन जनवरी १५, २०२५ मा स्पेसएक्सको रकेट फाल्कन ९ मार्फत अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । […]

पाथीभरा एकेडेमीको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

भक्तपुर । सूर्यविनायक नगरपालिकास्थित पाथीभरा एकेडेमीको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्यबिनायक नगरपालिकाकी उप-प्रमुख सरिता तिमिसिना भट्टराई प्रमुख अतिथि रहेकी थिइन् । विशेष अतिथिका रूपमा नगरपालिकाका शिक्षा प्रमुख रत्न कटुवालको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्यहरू बुद्धि बहादुर थापा, रामचन्द्र […]

भारतमा भएको दमनको सानोठिमीमा बिरोध, सरकारलाई यस्तो चेतावनी

भक्तपुर । भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको रहस्मय निधन र न्याय माग गर्दा विद्यार्थी माथि भएको दमनको सानोठिमीमा बिरोध भएको छ । बी–टेक तेस्रो वर्षमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएको र विद्यार्थीले अनुसन्धानको माग गर्दा दमन भएको भन्दै अखिल […]

शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष सिग्देललाई पितृशोक

शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष एवं आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देललाई पितृशोक परेको छ । उनका पिता सीताराम सिग्देलको ७८ बर्षको उमेरमा निधन भएको हो । सीताराम श्वासप्रश्वास सम्बन्धी रोगले ग्रसित थिए । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न करिब १ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई आजै […]

अघिल्ला सरकारले गरेको सहमती शिक्षा विधेयकमा समेट्नुपर्छ : सांसद दाहाल

काठमाडौ ।नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) ले अघिल्ला सरकारले सरोकारवालासँग गरेका सहमती विद्यालय शिक्षा विधेयकले सम्बोधन गर्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सो अवसरमा सांसद दाहालले कतिपय विद्यालयमा विद्यार्थी भन्दा शिक्षक बढी रहेका पनि बताए […]

काठमाडौं इन्जिनियरिङ कलेजले जुगल गाउँपालिकामा सहयोग गर्ने

काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीमा सरस्वती पूजा र च्यारिटी शो सम्पन्न भएको छ । कालिमाटीस्थित कजेल प्राङ्गणमा माघ सोमबार सरस्वती पूजा र मंगलबार क्यारिटी शो सम्पन्न भएको हो । कार्यक्रममा कलेजका अध्यक्ष तथा प्राचार्य प्रोफेसर इन्जिनियर हिरेन्द्रमान प्रधानले त्याग, तपस्या र ध्यानले मात्रै ज्ञान प्राप्त हुने उल्लेख गरे ।  विचलनका तत्ववाट विद्यार्थीहरु वच्नुपर्ने प्रस्ट पार्दै उनले […]

भक्तपुरमा १० कक्षाकी विद्यार्थी सुस्मिता बनिन् एक दिने प्रधानाध्यापक

भक्तपुर । भक्तपुरको एउटा विद्यालयले आफ्नै एक विद्यार्थीलाई प्रधानाध्यापक बनाइदिएको छ । कक्षा १० मा अध्ययनरत एक छात्राले उक्त जिम्मेवारी पाएकी हुन् । तर, उनी सधैंका लागि भने प्रधानाध्यापकको पदमा पुगेकी होइनन् । विद्यालयले उनलाई एक दिनका लागि प्रिन्सिपलको कुर्सी सुम्पिएको हो । चाँगुनारायण–२ दुवाकोटस्थित गोल्डन सुनगाभा ङङ्गलिस बोर्डिङ्ग स्कुुलमा यस्तो अनौठो घटना भएको हो […]

महासचिवमा हारपछि प्रतिकले कोरो यस्तो कविता

मन मनबाट लेखिएका, हरेक शब्दलाई सलाम । प्रेम भावले कोरिएका, हरेक कवितालाई सलाम । शासकको मुटु नै थर्काउने, ती नाराहरुलाई सलाम । छलछामका शृङ्खला तोड्ने, ती योद्धाहरुलाई सलाम । हृदयको हेडक्वाटरबाट गुन्गुनाईएका, ती गितहरुलाई सलाम । चिट र ह्विपलाइ चिर्ने, हर एक मतहरुलाई सलाम । वर्गीय लडाइँमा होमिएका, योद्धाहरुको साथलाई सलाम ! (तपाईंको प्यारो महासचिव […]

निजामती कर्मचारी संगठनको शिक्षा विभागमा त्रिपाठीको अध्यक्षतामा नयाँ नेतृत्व

नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभाग समितिमा अध्यक्ष प्रेमप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न बाह्रौं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । संगठनको उपाध्यक्षमा जगन्नाथ अधिकारी, उपाध्यक्ष महिलामा शोमा देवी भट्टराई निर्वाचित भएकी छन् भने सचिवमा प्रशान्त भट्टराई, सहसचिवमा राजन खत्री र कोषाध्यक्षमा प्रकाशचन्द्र ढुंगेल निर्वाचित भएका निवर्तमान अध्यक्ष शिव पोखरेलले […]

अखिल(क्रान्तिकारी) को महासचिवमा एक्ली महिला उम्मेदवार तिर्सना हमाल : इतिहास रच्ने दावी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनमा ठूलो संख्यामा उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । सकेसम्म कम उम्मेदवार बनाउने पार्टी नेताहरुको भरमग्दुर प्रयासका बाबजुत आकांक्षीहरुको संख्या ठूलो देखिएको छ । संगठनको अध्यक्ष पदमा ५ जना र महासचिव पदमा ८ जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । सबैभन्दा महत्वपूर्ण मानिएको […]