भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयमा कक्षा ४ र ५ लाई लक्षित गरी बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । चाँगुनारायण-८ स्थित पारिजात विद्याकुन्ज स्कूलको आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा कक्षा ५ अन्तर्गत रुबी भ्याली स्कूलका अभिक ढकाल प्रथम भएका छन् । प्रतिस्पर्धामा द्धितीय स्थान डेमोस स्कुलकी उपेक्षा तामागं र तृतीय स्थान मदरल्याण्ड स्कूलकी अग्रता पोखरेलले प्राप्त गरिन् । सान्त्वना स्थानमा भने ईडेन गार्डेनको रोबर्टसन भण्डारी आउन सफल भए ।
मोवाइल फोनको सदुपयोग” शीर्षकमा कक्षा ५ प्रतिस्पर्धी विद्यार्थीहरुले आफ्नो बक्तृत्वकला प्रदर्शन गरेका थिए ।
कक्षा ४ अन्तर्गतको प्रतिस्पर्धामा भने यूनिटी स्कूलका हिमांशु भट्ट प्रथम भएका छन् । सो प्रतिस्पर्धामा डेमोसकी सलोनी तामाङ द्धितीय, रुवी भ्यालीका सृजन चौलागाईँ तृतीय र ईडेन गार्डेनकी ब्रिश्रुती सापकोटाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
कक्षा ४ का लागि “स्वस्थ परिवार, सुखी समाज” विषयमा प्रतिस्पर्धी विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन मद्दत गर्ने कार्यक्रमका प्रमुख अतिथि एवं नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले बताए । आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि वार्षिक योजना अन्तर्गत विविध प्रतिस्पर्धाको आयोजना गरिँदै आएको अध्यक्ष खड्काले जानकारी गराए ।
विद्यार्थीलाई किताबी ज्ञानसंगै अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदा ज्ञानको दायरा बढ्ने र विद्यार्थीको चौतर्फी बिकास हुने अध्यक्ष खड्काले बिश्वास ब्यक्त गरेका छन् ।