निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले उत्कृष्ट पालिका शाखाको रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका शाखालाई पुरस्कृत गरेको छ । त्यसैगरी यस पालिका शाखाका निवर्तमान अध्यक्ष दिनेश मैनाली देशकै सर्वोत्कृष्ट नेतृत्वका रुपमा सम्मानित भएका छन् ।
प्याब्सनको १६ औँ राष्ट्रिय महाधिवेशनको अवसरमा देशका सबै स्थानीय तहमा भएका नगर प्याब्सन कमिटीहरूमध्ये सूर्यविनायक नगर प्याब्सन र यसका निवर्तमान अध्यक्ष दिनेश मैनाली सर्वोत्कृष्ट हुँदै सम्मानित भएका हुन् ।
प्याब्सनिष्ट मैनालीले पालिका तहको सफल नेतृत्वसहित प्रदेश र केन्द्रकै तहमा समेत सहयोग पुग्नेगरी योजना र गतिविधि गरेका र त्यसबाट राष्ट्रिय परिणाम पनि प्राप्त गर्न मद्दत मिलेको उल्लेख गर्दै महाधिवेशनको अवसरमा देशकै सर्वोत्कृष्ट प्याब्सन लिडरशीपको उपाधी सहित सम्मान गरिएको निवर्तमान केन्द्रीय अध्यक्ष डिके ढुङ्गानाले बताएका छन् ।
सम्मानित मैनाली सूर्यविनायक-३ स्थित डेन्स सेकेन्डरी स्कूलका संचालक एवं प्रिन्सिपल हुन् । बामपन्थी बिचारधारा बाट प्रभावित मैनाली शिक्षालाई ब्यापारको रुपमा बिकास गर्न नहुनेमा बिश्वास गर्दछन । तथापि, राज्यलाई सहयोगीको रुपमा शिक्षा क्षेत्रमा लगानी गरेका विद्यालय संचालकहरुको लगानीको संरक्षण र शिक्षा क्षेत्रमा सेवा पुर्याएवापत अभिभावकबाट कानुनबमोजिम शुल्क लिने कुरा न्यायोचित भएको दावी गर्दछ्न ।
निजी विद्यालयले विद्यार्थी र अभिभावकको मन जितेको मात्र नभई राज्यको लगानी रहेको सामुदायिक विद्यालय भन्दा राम्रो नतिजा दिन सकेको उल्लेख गर्दै उनले देशमै रोजगारी सृजना समेत गरेको निजी विद्यालयलाई राज्यले बिभेदको नजरले हेर्न नहुने मान्यता राख्दछन् ।
आगामी दिनमा विद्यालय , विद्यार्थी, अभिभावक र समग्र शिक्षा क्षेत्रको लागि थप स-शक्त ढंगले काम गर्न सम्मानले प्रेरित गरेको उनले प्रतिक्रिया दिएका छन् ।
“केन्द्रीय प्याब्सनको यस सम्मानले प्याब्सनको कुनै जिम्मेवारीमा रहँदा वा नरहँदा पनि यसको सर्वोपरि हितमा तन,मन, धनले लागिपर्न र थप योगदान गर्न प्रेरणा प्राप्त भएको छ ।” देशकै सर्वोत्कृष्ट लिटरशीपको रुपमा सम्मानित भएपछि मैनालीले भने ।