जागृतीको अभिभावक दिवस सम्पन्न, सांसद श्रेष्ठले गरे प्रशंसा

भक्तपुर । भक्तपुरको चाँगुनारायण-१, दुवाकोट बेसीस्थित जागृति विद्या सदन विद्यालयले अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सांसद सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश सांसद श्रेष्ठले विद्यालयको शिक्षण शैली र प्रगतिको प्रशंसा गर्दै विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे । शिक्षा नै बिकासको सम्बाहक भएको भन्दै उनले शिक्षा क्षेत्रलाई सबै मिलेर माथी उठाउनुपर्ने प्रष्ट पारे ।

सो अवसरमा प्रदेश सांसद श्रेष्ठले शिक्षकहरूलाई सम्मान गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरेका थिए ।

कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले सन्तुष्ट विद्यार्थी र अभिभावकहरु नै विद्यालयको सम्पत्ति भएको भन्दै जागृतीले यो माया र बिश्वास कायम राख्न प्रोत्साहित गरे ।

गुणस्तरीय शिक्षाको लागि टाढा जानु पर्ने बाध्यताको अन्त्य गर्न सफल भएकोमा उनले विद्यालयलाई बधाई ज्ञापन गरेका थिए ।

जागृती विद्या सदनका प्रिन्सिपल एवं संचालक जगदिश पौड्यालले विद्यालयको प्रगति प्रतिवेदन र भावी योजना प्रस्तुत गरेका थिए । यसपाली एसईई परीक्षामा पहिलो पटक विद्यार्थी सम्मिलित हुने उनले जानकारी गराउँदै विद्यालय १० कक्षासम्म अपग्रेड भएकोले विद्यार्थी र अभिभावकहरुलाई सुविधा भएको बताए ।

प्रिन्सिपल पौड्यालले शैक्षिक एवं अतिरिक्त क्रियाकलापका साथै शिक्षण सिकाइलाइ प्रभावकारी बनाउन कुनै कसर बाकी नराख्ने बताए ।

बिब्यस अध्यक्ष अनिल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पुस्तक व्यवसायी संध भक्तपुर उपाध्यक्ष महेश थापा, नेसनल प्याव्सन भक्तपुरका सहकोषाध्यक्ष रत्न बहादुर राई, सदस्य कमल सुवाल लगायतको आतिथ्यता रहेको थियो ।

सो अवसरमा विद्यार्थीहरुको गीत, नृत्य, नाटक, खेल लगायत आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका थिए ।