बेलायतले ल्यायो आप्रवासीप्रति कडा नीति

लण्डन, ४ पुस । बेलायतको युरोपेली संघ (ईयू) बाट बहिर्गमनपछि ईयू क्षेत्रबाट बेलायत आप्रवासनबारे बेलायतको प्रस्ताब बुधबार सार्वजनिक गरिएको छ । तर व्यवसायिक समूहहरूले ब्रेक्जिट सम्झौता गरिनु पहिले आप्रवासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्नसक्ने भनी यस विषयमा संवेदनशील बन्न आग्रह गरेका छन् । बेलायती गृहमन्त्री साजित जाबिदले भने, “ब्रेक्जिटपछि ईयू सदस्य राष्ट्रहरूबाट बेलायत […]

चिनियाँ समाजवादबारे सी जिनपिङको अर्को एेतिहासिक सम्वोधन

काठमाडाैं । चीनकाे अार्थिक विकास र विश्व राजनीतिका बारेमा चिनियाँ राष्ट्रपति सी विशेष सम्वाेधन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक ‘सुधार एवं खुला नीति’को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चिनियाँ भूमिमा समाजवादको झण्डा अझै उचाईका साथ सदैव फर्फराइरहने बताए । राष्ट्रपति सीले चीनको कम्युनिष्ट पार्टीको नेतृत्व […]

फ्रान्समा तीन वर्षयताको सबैभन्दा ठूलो आक्रमण

पेरिस । फ्रान्सको एक शहरमा क्रिसमस बजारलाई लक्ष्यगरी मङ्गलबार भएको आतङ्ककारी आक्रमणलाई सन् २०१५ पछिको सबैभन्दा ठूलो आक्रमणको रुपमा लिइएको छ । मङ्गलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा चार व्यक्तिको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । क्रिसमस बजारमा मङ्गलबार स्थानीय समयानुसार राति ८ बजे एक बन्दुकधारीले गोली चलाएका […]

चिनियाँ म्युजिक कम्पनीले अमेरिकामा मात्र जारी गर्यो १ अर्ब ७ लाख डलरको आइपिओ जारी

एजेन्सी । चिनीया प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ । टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत पनि हुँदैछ । हङकङ स्टक एक्सचेन्जमा बुझाइएको कागजातमा टेन्सेन्ट म्यूजिकको प्रति शेयर मूल्य १३ अमेरिकी डलर तोकिएको छ । वालस्ट्रिटमा पहिलोपटक पदार्पण गरेको […]

हुवावे काण्डले अमेरिका–चीन व्यापार युद्ध बढ्दो

काठमाडौं । क्यानडामा हालै चिनियाँ कम्पनी हुवावेकी एक उच्च अधिकारी पक्राउ परेको घटनापछि प्रविधि उद्योगमा हलचल नै मच्चिएको छ भने चीन र अमेरिका बीचको व्यापार युद्ध झनै पेचिलो बन्ने देखिएको छ । अमेरिकी अधिकारीहरुको आग्रहमा हुवावेकी प्रमुख वित्तिय अधिकृत मेंग वान्झोउ गत शनिवार क्यानडाको भ्यानकुभरमा पक्राउ परिन् । क्यानेडाली अभियोजकहरुका अनुसार इरानमाथिको प्रतिबन्धको उल्लंघनका लागि […]

सरकार र विद्रोहीले १५ हजार कैदीको नाम साटासाट गरेको खुलासा

काठमाडाैं । संयुक्त राष्ट्रसंघको पहलमा स्वीडेनमा भइरहेको यमनको सरकार र प्रतिस्पर्धी विद्रोहीबीचको वार्ताका क्रममा करिब १५ हजार कैदीहरूको नाम आदान प्रदान गरेका छन् । वार्ता शुरू भएको ठीक एक हप्ता पुग्दा उनीहरूबीच कतिपय बिषयहरूमा सहमतिको सम्भावना देखिएको छ भने केही बिषयमा दुवै अडानमा अडिग देखिएका छन् । यमनी राष्ट्रपति अबेद्रब्बो मन्सुर हाडी र राज्यको उत्तरी […]

भारतीय चुनाव मोदीको यात्रा ओेरालोतिर, भाजपाको अखडा राजस्थान र छत्तिसगढमा कांग्रेस अघि

Narendra-Modi

काठमाडाैं । भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ । त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक मतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका […]

ट्रम्पसँग पानीबाराबारको स्थिति भएपछि जोन केलीले चीफ अफ स्टाफबाट राजिनामा दिँदै

US president Donald trump

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केलीले यसवर्षको अन्त्यसम्म आफ्नो पद छोड्ने पत्रकारलाई जानकारी दिएका छन् । हालै, जोन केलीमाथि पदबाट राजीनामा दिन दबाब दिइरहेको खबर सार्वजनिक भएको थियो । थुप्रै मिडिया रिपोर्ट अनुसार केली र राष्ट्रपति ट्रम्पबीचको सम्बन्ध खराब भएको छ र दुबैबीच पानी बाराबारको स्थिती छ । […]

प्रहरी चौकीमा ‘लेटर वम’को हंगामा

एजेन्सी । नर्वेली प्रहरी चौकीमा एउटा ‘लेटर वम’ भेटिएपछि प्रहरीको विस्फोटक पदार्थ व्यवस्थापन टोलीले यसलाई निष्क्रिय पारेको अधिकारीहरूले बिहीबार बताएका छन् । विश्वकै शान्त मुलुकहरू मध्येको एक स्काडिनेभियाली मुलुकमा हिंसाका घटना विरलै सुनिने भएपनि उक्त शक्तिशाली विस्फोटक पदार्थ राजधानी ओस्लोदेखि दक्षिणपूर्वमा रहेको स्की प्रहरी चौकीलाई लक्षित गरी गोप्य रूपमा पठाइएको जनाइएको छ । चौकीमा कार्यरत […]

व्यापक विराेध भएपछि इन्धनमा गरिएको करबृद्धि फ्रान्सेली सरकारले लियाे फिर्ता

एजेन्सी । फ्रान्सले इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता लिएकाे छ । फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले मङ्गलबार साे जानकारी गराएका हुन् । फ्रान्समा इन्धनमा करवृद्धि गरेको भनी विगत दुई हप्तादेखि पहेलो पहिरनधारी सवारी साधन धनीहरूले गरेमा प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि यहाँको सरकारले आगामी छ महिनाका लागि स्थगित गर्ने निर्णय लिएको हो । इन्धनमा बढाएको […]