एर्मा नामक आँधीका कारण आठको मृत्यु, २३ घाइते

एजेन्सी । यस शताब्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको एर्माले फ्रान्सको क्यारेबियन टापुमा आठ जनाको ज्यान लिएको छ भने आँधीका कारण २३ जना घाइते भएका छन् । प्रतिघण्टा ३६० किलोमिटरका दरले आएको आँधीले एक हजार ६०० जना बसोबास गर्नेे सेन्ट मार्टिन र सेन्ट बार्थेलेमी टापुमा सम्पूर्ण बस्तीलाई प्रभावित तुल्याएको छ । आँधीका कारण सम्पूर्ण भवन, […]

उत्तरकोरियालार्इ देखाएर अमेरिकाले सैन्य उन्माद देखाएको पुटिनको दावी

एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँंग जोडेर भइरहेको ’सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन् । चीनमा ब्रिक्स सम्मेलनपछि सञ्चारकर्मीसँग बोल्दै उनले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै यस बिषयमा सम्बन्धित सवै पक्षले वार्ताका लागि सम्भावित पहल गर्नुपर्ने बताए । उनले कुटनीति एक मात्र जवाफ (समाधान) रहेको बताए । […]

२५० यात्रु बोकेको जहाज टोकियोबाट उडेको केही मिनेटमै चरा ठोक्किएपछि

टोकियो, २१ भदौ । जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो । जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै चरा ठोक्किन पुगेको र त्यसका कारण विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ । […]

पाकिस्तानमा डेङ्गुका कारण १७ को मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा जुन महिनाको १७ गतेपछि अहिलेसम्म जम्मा १७ जनाको डेङ्गुका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म पाकिस्तानमा लामखुट्टेको टोकाइबाट सर्ने उक्त भाइरसका कारण चार हजार २०० नागरिक प्रभावित बनेका र उनीहरूमध्ये केहीले पाकिस्तानी शहर पेशावरमा उपचार गराइरहेका छन् । उक्त अस्पतालमा उपचारपछि तीन हजार ५०० […]

वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

काठमाडाैं । भारतको कर्नाटक बेंगलुरुमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ । समाचार एजेंसी एएनआईको हवाला दिदै भारतीय अनलाइन अमर उजालाले बदमाशहरुले मंगलवार बेंगलुरुको राजाराजेश्वरी नगर स्थित उनको घर भित्र पसेर अपराधलाई अंजाम दिएको बताएको छ ।   मीडिया रिपोर्टको अनुसार बेलुकी करीब साढ़े आठ बजे तीन अज्ञात हमलाकारीले गोली हानेर उनको […]

ह्वाइट हाउस छाेड्दा अाेेबामाले ट्रम्पलार्इ छाेडेकाे चर्चित गाेप्य पत्र

काठमाडाैं । बाराक अाेबामा अमेरिकाकाे दुर्इ पटक राष्ट्रपति भए । लगातार दुर्इ कार्यकाल राष्ट्रपति भएका अाेबामाले अाफ्नाे परिपक्व छवि स्थापित गरे । उनी पछि अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प अाएका छन् । ट्रम्पकाे व्यवहारबाट अहिले धेरै अमेरिकी विद्वानहरु डराइरहेका छन कि उनले अमेरिकाकाे कस्ताे छवि बनाउँछन भनेर । उग्र साेचका ट्रम्पका धेरै निर्णयहरु विवादमा अाइसकेका छन् […]

आइएस लडाकू र सिरियाली सैनिकबीचको द्वन्द्वमा परी १५० जनाको मृत्यु

दमास्कस, १९ भदौ । सिरियाली सेना र इश्लामिक स्टेट (आइएस) लडाकूबीच भएको भडपमा परी दुवैतर्फ गरी कम्तीमा १५० जना लडाकूको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थालाई उद्धृत गर्दै सिरियाली सञ्चारमाध्यमले जनाएका छन् । सिरियन अव्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, “पछिल्ला झडपमा सिरियाली हामा क्षेत्रको युकायरिबात शहरमा भएका भडपमा परी १२० जना आइएस लडाकूको […]

उत्तरकाेरियाले बनायाे मिसाइलमा राखिने अत्याधुनिक परमाणुवम । अमेरिका अातङ्कित

एजेन्सी । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलमा राखिने सक्षम र उन्नत परमाणु बम विकसित गरेको दाबी गरेको छ । उत्तर कोरियाली सरकारी समाचार सेवाले देशका नेता किम जोंग उनले नयाँ बमको निरिक्षण गरिरहेको तस्बिर सार्वजनिक गरेको छ । एजेन्सीले यो हाइड्रोजन बम भएको बताएको छ । यद्यपी, उत्तर कोरियाको उक्त दाबी स्वतन्त्र रुपमा पुष्टि भने हुन […]

आईएसको नियन्त्रणमा रहेको ठूलो क्षेत्र मुक्त गराएको इराकी दावी

एजेन्सी। इस्लामिक स्टेट (आईएस) समूहको नियन्त्रणमा रहेको इराकी शहर तालअफार तथा वरपरको क्षेत्रलाई आईएसको कब्जाबाट पूर्णतया नियन्त्रणमा लिइएको इराकले बिहीबार जनाएको छ । प्रधानमन्त्री हाइदर अल आबादीले तालअफार शहर र वरपरका क्षेत्रलाई आईएसको कब्जाबाट पूर्णतया नियन्त्रणमा लिई यसअघि स्वतन्त्र भएको मोसुलसँग जोड्न सफल भएकोमा सुरक्षाकर्मीलाई बधाई दिएका छन् । प्रधानमन्त्री आवादीले भने, “म सबैसँग यो […]

पहिरोमा परी २६ जनाको मृत्यु

एजेन्सी । चीनको दक्षिणपश्चिमी गुईझाउ प्रान्तमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या बिहीबार सम्म २६ पुगेको छ । पहिरोमा परी हराईरहेका मध्ये नौ जना अहिलेसम्म पनि भेटिएका छैनन भने आठ जना घाइते भएका छन् । उद्धारकर्ताहरूले हराइरहेकाको खोजी कार्य अझै पनि जारी राखेको स्थानीय अधिकारीले बताएका छन् । पहिरो गएदेखि अहिलेसम्म स्थानीय प्रहरी, अग्नि […]