हिमनदीको बरफ पग्लने दर दोब्बर, करोडौं मानिस जोखिममा

एजेन्सी – अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको अनुसन्धानले देखाएको छ ।अमेरिकी जासुसी भूउपग्रहले खिचेका तस्बिर विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको बताएका हुन् ।

उनीहरुले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालैका अन्तरीक्ष यानका तस्बिर दाँज्दा ती क्षेत्रमा गएको ४० वर्षमा हिमनदी दोब्बर दरले पग्लिएको निष्कर्ष निकालेका बीबीसीले जनाएको छ ।

सन् २००० यता हिमनदीको उचाइ प्रति वर्ष औसतमा आधा मिटरले कम हुँदै गएको अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताले जलवायु परिवर्तनका कारण हिमनदीको बरफ तीव्र गतिमा पग्लिएको बताएका छन् ।

दीर्घकालमा, सुख्खा याममा हिमनदी पग्लिएर आउने पानीमा निर्भर दशौँ लाख मानिसहरू वास्तविक जोखिममा पर्न सक्ने अध्ययनले देखाएको छ ।

Loading...