भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ । गत सोमबार क्षमादेवी ग्रुपको गोदाम नजिक मोटरसाइकल र कार ठक्कर खाँदा दुर्घटना भएको थियो । ज्यान गुमाउने महिला भोजपुरको पात्लेपानी गाउँपालिका- ६ घर भई पेप्सिकोला बस्ने २३ वर्षिया सपना राई रहेकी छन् । उपचारका क्रममा बुधवार साँझ […]
ननस्टप विशेष
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ हुन् । उनलाई नक्कली प्रमाण पत्र लिएको आरोपमा सोमबार नै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर […]
गोठाटारमा ३० वर्षीय युवकको शव फेला
काठमाडौ । काठमाडौंमा मृत अवस्थामा एकजनाको शव फेला परेको छ । कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा शव फेला परेको हो । अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको र उनको नाम,थर बतन नखुलेको स्थानीयले बताए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
हरिवनको देउराली प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण
भक्ती रिजाल, सर्लाही । स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानले हरिवन नगरपालिका वडा नम्बर ९ डुम्रीघारीमा रहेको देउराली प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री बितरण गरेको छ । स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रममा बुधबार कक्षा १ देखि कक्षा ५ सम्मका ४० जना छात्र छात्रालाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री […]
सर्लाहीको घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन- ५ घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ । माघ १६, १७ र १८ गते तीन दिनसम्म महोत्सव हुने भएको हो । तामाङ समुदायको संस्कृती र सभ्यतालाई संसारभरि चिनाउने उदेश्यले तामाङ समुदायको २८६१ औं डुक /सापुख्रि बर्षको अवसर पारेर बृहत ल्होछार सांस्कृतिक मेला महोत्सवको आयोजना गर्न लागेको संयोजक सिंहलाल […]
पत्रकारसंग सिडिओ अर्यालको यस्तो आग्रह
भक्तपुर । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक समाचार सस्प्रेषण गरी समाजलाई सकारात्मकता तर्फ लैजानुपर्ने उनले सुझाव दिएका हुन् । आइतबार ङातापोल एक्सप्रेस दैनिकले आयोजना गरेको पत्रकार महासंघका पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा अमेरिकाको क्यालिफोर्नियामा फैलिएको आगो नियन्त्रणमा नआएको प्रसङ्ग उप्काउदै उनले भने, “नकारात्मकता खोज्ने […]
जिसस प्रमुखको गुनासो : सामाजिक क्षेत्रमा काम गरौं भन्दा चार मेयर चार मुख गर्नुहुन्छ
भक्तपुर । एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको सरोकारवाला निकायहरुले आरोप लगाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका– ३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रको सामाजिक लेखाजोखा कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहले अपनत्व नलिँदा एचआईभी संक्रमितहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा कठिनाइ भएको बताएका हुन् । उनीहरुले […]
खेल पर्यटन प्रवर्द्धनमा पूर्व प्रधानमन्त्री प्रचण्डको जोड
सिन्धुपाल्चोक, १ माघ२०८१ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प्रवर्धन गरेर लैजानुपर्ने बताएका छन् । सिन्धुपाञ्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि […]
माओवादी केन्द्र निकट कर्मचारी संगठनको सिटिइभिटि अध्यक्षमा पराजुली
नेकपा(माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सिटिइभिटि) केन्द्रीय समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिबार सानोठिमीमा सम्पन्न चौथो केन्द्रीय महाधिवेशनबाट रामकृष्ण पराजुलीको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर खत्री निर्वाचित हुँदा उपाध्यक्ष (खुला) केशरमान बुढाथोकी, उपाध्यक्ष(महिला) सुनिता गौतम र अन्य दुई उपाध्यक्षमा […]
भक्तपुर प्याब्सनको अध्यक्षमा राजन कस्पाल
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएको छ । प्याब्सन भक्तपुरकाे १६ औँ अधिवेशनले राजन कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष निर्वाचित कस्पाल मोर्डन बोर्डिङ स्कूल, दधिकोटका संचालक/प्रिन्सिपल हुन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा निलेश आचार्य र अर्को उपाध्यक्ष पदमा बिजय कर्माचार्यलाई निर्वाचित गरेको छ । उनीहरू […]











