भक्तपुरको मध्यलुर थिमि-८ बोदे क्षेत्रमा रहेको धर्मचक्र गुम्वाको जग पूजा गरिएको छ । मेयर सुरेन्द्र श्रेष्ठले गुम्बा निर्माणको शिलान्यास गरेका छन् ।
गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष गणेशमान चक्रधरले करिब ७० लाखकाे लागतमा निर्माण कार्य सम्पन्न हुने जानकारी गराए । त्यसका लागि स्थानीय सुकुदेव साहुखलको अध्यक्षतामा उपभोक्ता समितिले काम गर्ने उनले बताए । दुई वर्ष भित्रका गुम्बा निर्माण कार्य सम्पन्न गरिने लक्ष रहेको छ ।
शिलान्यास समारोहमा उपप्रमुख बिजय कृष्ण श्रेष्ठ ,वडा नं ९ का वडा अध्यक्ष सानुकाजी राजवाहक, विभिन्न तह र तप्कामा रहेका धार्मिक गुरुहरु र भक्तजनहरुको समेत उपस्थिति रहेको थियो ।