भक्तपुर । वाइसीएल नेपालले शहीद सप्ताहको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा अखिल(क्रान्तिकारी) उपत्यका बिशेष प्रदेश समिति बिजेता बनेको छ ।
वाइसीएलको बागमती प्रदेश समितिको आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगितामा अखिल(क्रान्तिकारी) बिजेता बनेको हो ।
भक्तपुरको मध्यपुर थिमि-२ स्थित रोयल नेपाल फुटसल क्लबमा सम्पन्न प्रतियोगितामा नेता सुरज श्रेष्ठको कप्तानीमा उत्रिएको अखिल (क्रान्तिकारी) को उपत्यका बिशेष प्रदेश समितिले फाइनल खेलमा नेकपा (माओवादी केन्द्र) का युवा नेताहरु सम्मिलित समूहलाई पराजित गरेको थियो ।
१ का बिरुद्ध ४ गोल गर्दै विद्यार्थीहरुले नेताहरूलाई उपबिजेतामै सिमित गरेका थिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु राम प्रसाद सापकोटा दिपशिखा, रमेश मल्ल, शिव कोइराला, सुमन देबकोटा र रन्जित तामाङ लगायतका नेताहरू समेत प्रतिस्पर्धामा सहभागी भएका वाइसीएल नेता नरेश रन्जितले जानकारी गराए ।
प्रमुख अतिथी रहेका पूर्व मन्त्री एवं कर्णाली प्रदेशका पहिलो मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले खेलमार्फत स्वास्थ्य र भाइचारा सुदृढ हुने बताउँदै प्रतिस्पर्धीलाई मायाको चिनो बितरण गरेका थिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका शाहीले शहीदले देखाएको बाटोबाट बिचलित हुने छुट माओवादीहरुलाई नभएको भन्दै युवा र विद्यार्थीले सो बिरासत अझ उँचो गराउनु पर्ने स्पष्ट पारे ।