मिस नेवाका विजयीहरुलाई सगुन प्रदान

२०८१ फागुन १५, काठमाडौं ।

मिस नेवा २०८१ को विजयीहरुलाई सगुनसहित रात्रीभोजको आयोजना मङ्गलबार तपस होटलमा सम्पन्न भयो ।

गत २०८१ फागुन ४ गते नेवार भाषा, कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै मिस नेवा फिनालेको आयोजना सम्पन्न भएको थियो ।

सो फिनालेमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ नगद पचास हजार राशिसहित लाइभ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए भने १९ प्रतिस्पर्धीलाई पछि पार्दै एक लाख रुपैयाँ नगदसहित मिस नेवाः नेपाल ११४५ को उपाधि ललितपुरकी प्रलिशा शाक्यले जितेकी थिइन् ।

सोही कार्यक्रममा चन्द्रागिरी नगरपालिकाकी लूनिभा मानन्धर फस्ट रनरअप र काठमाडौंकी लुमना महर्जन सेकेण्ड रनरअप भएका थिए ।

यसैगरी रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न सो कार्यक्रम मिस नेवाः नेपाल कृषा महर्जनको मुख्य संयोजन, मिस नेवाः ११४३ सकिना महर्जनको संयोजन र सोसल वेलयफेर अम्वास्टर तिमिला महर्जनको सहसंयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि माननीय पशुपति शमशेर राणा रहेका सो कार्यक्रमको संयोजन हेमा मानन्धरले गरेकी थिइन। कार्यक्रममा विशेष अतिथि गीतकार एवं समाजसेवी शोभित उप्रेती, ललितपुर महानगरपालिका १६ वडाका वडाअध्यक्ष निर्मलरत्नज शाक्य, वरिष्ठ कलाकर मदनदास श्रेष्ठ ,डा विमला शाक्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष राधेश्याम लेकाली लगायत थिए ।