प्रेस सेन्टरको उपत्यका प्रदेशमा लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व

काठमाडौं । प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश अध्यक्षमा लोकेश लिम्बु निर्वाचित भएका छन् । काठमाडौंको बिजुली बजारस्थित क्रीस्टल ब्याङ्क्वेटमा सम्पन्न दोस्रो अधिवेशनबाट लिम्बुको अध्यक्षता २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा बुद्ध योन्जन समावेशी उपाध्यक्षमा श्याम तण्डुकार र महिला उपाध्यक्षमा सरिता थापा निर्वाचित भएका छन् । महासचिवमा भने रोशन क्षेत्री गाउँले निर्वाचित भएका निर्वाचन अधिकृत उत्तम श्रेष्ठले जनाएका छन् ।

त्यस्तै खुला सचिवमा सुवास शर्मा र भिमराज खड्का , जनजाति सचिवमा बाबुकाजी श्रेष्ठ, महिला सचिवमा शारदा घिमिरे र दलित सचिवमा बिक्रम रत्न निर्वाचित भएका उनले बताए । कार्यसमितिको कोषाध्यक्षमा कुबेर दाहाल निर्वाचित भएका बताइएको छ ।

त्यसैगरी सदस्यहरुमा भने नुराज कँडेल, सूर्य खड्का, शम्भु प्रसाद दंगाल, कृष्ण अधिकारी, शिवबिक्रम शाह , सुरेश श्रेष्ठ, विवेक गुरुङ, रमिला योन्जन, अप्सरा सिग्देल, नारायण लिंखा देवान, लिला माया ठटाल र रोशन कुमार सिंह निर्वाचित भएका छन ।

 अनुशासन समितिमा संयोजक रामशरण काफ्ले र सदस्य शिवहरि खनाल छन् भने लेखा समितिमा सुधीर पन्थीको संयोजकत्वमा सदस्यहरु शिवप्रसाद बन्जारा र शिवराज ढकाल रहेका छन् ।

निर्वाचन प्रक्रियामा सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष नवराज दाहालले जानकारी दिए ।