पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष सारु मगरलाई पितृशोक

काठमाडौ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष एवं प्रेस सेन्टर नेपालका नेता कृष्ण सारुमगरलाई पितृशोक परेको छ । उनका पिता सुर्जबहादुर मगरको ५५ वर्षको उमेरमा असामयिक निधन भएको हो ।

आइतबार मकवानपुरको मकवानपुर गढी नजिकै अटो चलाउँदै गर्दा माथिबाट आएको ढुङ्गा टाउकोमा लागि उनी गम्भीर घाइते भएका थिए ।

हेटौंडा अस्पताल र भरतपुर अस्पतालले समेत रिफर गरेपछि उनलाई थप उपचारको लागि काठमाडौस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारकै क्रममा उनको सोमबार दिउँसो निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ ।

दिवङ्गत सुर्जबहादुरका श्रीमती ३ छोरा र १ छोरी छन् ।