काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न नेपाल पत्रकार महासंघले प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।
सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघ मिलेर “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम दिएका हुन् ।
सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्न र पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार बताउन तालिमको आयोजना गरिएको महासंघकी अध्यक्ष निर्मला शर्माले बताएकी छन् ।
प्रशिक्षणपछि प्रशिक्षकहरुले महासंघको देशैभरी रहेका आफ्ना शाखामार्फत पत्रकारहरुलाई जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग गर्ने बारेमा अभिमुखीकरण प्रदान गरिने महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।
समाचारको विश्वसनीयताका लागि पत्रकारहरुले जिम्मेवारपूर्वक पत्रकार आचारसंहिता पालना गर्नुपर्ने बताउँदै प्रशिक्षक उज्ज्वल आचार्यले जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको सही प्रयोगमा जोड दिए ।
तालिममा महासंघ केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य गरी पच्चिसजना सहभागी रहेका केन्द्रीय सदस्य ललिता साहले जनाएकी छन् ।







