भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न अन्तर नगर जिम्नास्टिक प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम भएको छ ।
काठमाडौ र ललितपुर महानगर र पोखरा उपमहानगरसहित १८ नगरपालिकालाई पछि पार्दै आयोजक भक्तपुर नगरपालिका प्रथम भएको हो ।
जिम्नास्टिकको देशमै पहिलो अन्तर नगर प्रतियोगिता मानिएको सो प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका दोस्रो र काठमाडौको चन्द्रागिरी नगरपालिकाले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा बिजयीहरुलाई सोमबार पुरस्कार बितरण समेत गरिएको छ ।
प्रथम हुने भक्तपुर नगरपालिकाको टोलीलाई रु. ५० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने मध्यपुर थिमिले रु. ३० हजार र तेस्रो हुने चन्द्रागिरी नगरपालिकाले रु. २० हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा खेलाडी र अफिसियलहरुलाई खाने र बस्नेको व्यवस्था आयोजकले नै गरेको संयोजक श्यामकृष्ण खत्रीले जनाएका छन् ।
संयोजक खत्रीले दिएको जानकारी अनुसार प्रतियोगितामा सिनियर ब्वाइज टप १४ (अल राउन्डर) मा रामग्राम नगरपालिकाका रोहन बुढाथोकी प्रथम भएका छन् । सो बिधामा मध्यपुर थिमी नगरपालिकाका सुमन तामाङ दोस्रो र चाँगुनारायण नगरपालिकाका विज्ञान भैल तेस्रो हुन सफल भए ।
त्यस्तै, सिनियर ब्वाइज टप ८ (फ्लोर) तर्फ भक्तपुर नगरपालिकाका सुमित तामखू प्रथम भक्तपुर नपाकै अर्नेष्ट सुवाल दोस्रो हुँदा
रामग्राम नगरपालिकाका रोहन बुढाथोकीले तेस्रो स्थान प्राप्त गर्न सफल भए ।
सिनियर ब्वाइज टप ८ (भल्ट) मा भने रामग्राम नगरपालिकाका रोहन बुढाथोकी प्रथम, भक्तपुर नपाका सुमन नापित दोस्रो र चाँगुनारायण नपाका विज्ञान भैल तेस्रो भए ।
सोही क्रममा सिनियर गर्ल्सतर्फ टप १४ (अल राउण्डर)मा
भक्तपुर नपाका रेगिसा घेमोसू प्रथम भैइन भने रामग्राम नगरपालिकाका विदिशा न्यौपाने दोस्रो र रामग्रामकै चन्द्रकला खड्का तेस्रो भएका छन् ।
सिनियर गर्ल्स तर्फ टप ८ (फ्लोर) मा मध्यपुर थिमिका प्रकृति थापा मगर प्रथम हुँदा भक्तपुर नगरपालिकाका रेगिसा घेमोसू दोस्रो र रामग्राम नगरपालिकाकी चन्द्रकला खड्का तेस्रो भएकी छन् ।
सिनियर गल्र्स टप ८ (भल्ट) तर्फ रामग्राम नपाका अन्जना थोकर प्रथम, रामग्राम नपाका चन्द्रकला खड्का दोस्रो र भक्तपुर नपाकी रेगिसा घेमोसू तेस्रो भइन ।
जुनियर गल्र्स टप १४ (अल राउण्डर)मा काठमाडौं महानगरपालिकाकी जोया मानन्धर प्रथम, ललितपुर महानगरकी चेरिस्मा अर्याल दोस्रो र
ललितपुर महानगरकै एन्गेल दाहाल तेस्रो भएका छन् ।
जुनियर गल्र्स टप ८ (फ्लोर) मा ललितपुर महानगरकी कृसा महर्जन प्रथम,काठमाडौं महानगरकी कृसु भट्टराई दोस्रो र काठमाडौं महानगरकै जोया मानन्धर तेस्रो भए ।
जुनियर गल्र्स टप ८ (भल्ट) मा काठमाडौंका महानगरकी जोया मानन्धर प्रथम,सूर्यविनायक नगरपालिकाकी भूमिका लामिछाने दोस्रो र भक्तपुर नगरकी तुलिसा कोजु तेस्रो भइन ।
जुनियर ब्वाइज टप १४ (अल राउण्डर)मा भक्तपुर नपाका लिज अवाल प्रथम, भक्तपुरकै ब्रायन लवजू दोस्रो र पोखरा उपमहानपाका टनिक्स थापा तेस्रो भए ।
जुनियर ब्वाइज टप ८ (फ्लोर) मा भक्तपुर नपाका रिसब जाकिबन्जार प्रथम, भक्तपुरकै लिज अवाल दोस्रो र वालिङ नगरपालिकाको सोनिस थापा तेस्रो भए ।
जुनियर ब्वाइज टप ८ (भल्ट) मा मध्यपुर थिमिका रामकुमार खड्का र भक्तपुर नपाका लिज्व अवाल र पोखरा उपमहानगरपालिकाको सिमोन थापामगर क्रमशः प्रथम, दोस्रो र तेस्रो भए ।
जुनियर गल्र्स टिमतर्फ प्रथमस्थान चन्द्रागिरी नगरपालिकाले हात पारेको छ । सो टीममा चन्द्रागिरी नपाका याना पि.सी., राजश्री प्रधान, अर्या थापा र आराध्या महत रहेका थिए ।
जुनियर गल्र्स टिममा दोस्रो मध्यपुर थिमी भएको छ । सो टीममा समीक्षा श्रेष्ठ, विज्ञता श्रेष्ठ, अद्धिती प्रजापति र गीता साउद थिए ।
जुनियर गल्र्स टिममा तेस्रो स्थान काठमाडौं महानगरपालिकाले हात पार्यो । जसमा कृसु भट्टराई, हर्सालि रन्जित, सुरभी श्रेष्ठ, जोया मानन्धर संलग्न थिए ।
जुनियर ब्वाइज टिम प्रथम भक्तपुर नगरपालिका भयो । सो टीममा
ब्रायन लवजू, प्रनिस माक, रिसब जाकिबन्जार र लिज अवाल थिए ।
जुनियर ब्वाइज टिम दोस्रो मध्यपुर नगरपालिका भएको छ । सो टीममा रुजेन श्रेष्ठ, प्रयुष श्रेष्ठ, रेहान श्रेष्ठ र रामकुमार खड्का थिए ।
जुनियर ब्वाइज टिममा तेस्रोस्थानमा बनेपा नगरपालिका रह्यो । सो टीममा विनायक देवकोटा, असल जोशी, आरोज गिरी र आसिसकुमार साह रहेका थिए ।
सिनियर गल्र्स टिम तर्फ प्रथम रामग्राम नगरपालिका रह्यो । सो टीममा
विशेस न्यौपाने, अन्जना थाकोर, सुमा तामाङ र चन्द्रकला खड्का थिए ।
सिनियर गल्र्स टिममा दोस्रो स्थान भक्तपुर नगरपालिका भयो । जसमा रिगिसा घेमोसू, रिजु रन्जित, चेरिसा प्रजापति, सिनोन बासुकला थिए ।
सिनियर गल्र्स टिममा तेस्रो स्थान मध्यपुर नगरपालिका भयो। जसमा
दुधकला साउद, सिताकुमारी खड्का, प्रकृति थापामगर र आर्या रञ्जितकार थिए ।
सिनियर ब्वाइज टिममा प्रथम भक्तपुर नगरपालिका भयो । जसमा
गौरव तुल्सिबाख्यो, अर्नेस्ट सुवाल, सुमन नापित, सुमित तमखू थिए।
सिनियर ब्वाइज टिममा दोस्रोस्थानमा रामग्राम नपा रह्यो । सो टीममा
सुनिल बुढाथोकी, विश्वास सुवेदी, आर्या केसी, रोहन बुढाथोकी रहेका थिए ।
सिनियर ब्वाइज टिममा तेस्रो स्थान मध्यपुर थिमि नगरपालिकाले हात पार्यो । सो टीममा सृजन राजभण्डारी, सुरेन्द्र तामाङ, सुमन तामाङ र शिवजी भण्डारी रहेका थिए ।
बिजयीहरुलाई प्रतिनिधि सभा सदस्य प्रेम सुवाल, भक्तपुर नगरका प्रमुख सुनिल प्रजापति र प्रदेश सभा सदस्य सृजना सैजू लगायतले पुरस्कृत गरेका थिए ।