काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय प्रमुखमा गोविन्द आचार्यले जिम्मेवारी पाएका छन् । पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले उनलाई सो जिम्मेवारी दिएको हो ।
आचार्य पार्टीको केन्द्रीय सदस्यका साथै प्रचार बिभागका सचिव हुन् । प्रेस सेन्टर नेपालका सस्थापक नेता रहेका आचार्य नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । उनी प्रचण्ड प्रधानमन्त्री हुँदा उनको प्रमुख प्रेस सल्लाहकार रहेका थिए ।
पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव रहेका अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ललाई भने उपत्यका विशेष प्रदेशको ईन्चार्ज तोकेको बताइएको छ । मल्ल पनि पार्टीका केन्द्रीय सदस्य हुन् ।