भक्तपुरमा विश्व क्यान्सर दिवस मनाइयो, नयाँ सेवा र योजनाको घोषणा

 

भक्तपुर । विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले विभिन्न कार्यक्रम आयोजना गर्दै बिरामीका लागि नयाँ सेवा शुभारम्भ गरेको छ। “पृथकतामा एकता: क्यान्सर भोगाइका कथाहरू” नाराका साथ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल प्रमुख अतिथि रहेका थिए। उनले अस्पतालमा अटोमेटिक रिपोर्ट भेन्डिङ मेशिनको उद्घाटन गरेका छन्। अब बिरामीहरूले अस्पताल परिसरमै रहेको मेशिनबाट रिपोर्ट स्क्यान गरी प्रतिलिपि लिन सक्नेछन्।

कार्यक्रममा क्यान्सर जितेका बिरामीहरूलाई दोसल्ला ओढाएर सम्मान गरियो। साथै, प्यालिएटिभ वार्डमा लामो समयदेखि स्वयंसेवकको रूपमा योगदान दिँदै आएका शंकर प्रधानांग र दीपक ओलीलाई विशेष सम्मान प्रदान गरियो।

मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पतालको योगदानको प्रशंसा गर्दै सरकारले स्वास्थ्य सेवा सुधारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। स्वास्थ्य बीमा रु. १ लाखबाट ५ लाखसम्म बढाइने, केमोथेरापी निःशुल्क उपलब्ध गराउने तयारी, १७ लाख किशोरीलाई एचपीभी खोप दिने योजना र ८२०० खोप केन्द्र स्थापना गरिने जानकारी दिए।

भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार नेपालमा हरेक वर्ष करिब २२ हजार व्यक्तिलाई क्यान्सर देखिन्छ, जसमा १४ हजारको मृत्यु हुने गर्दछ। क्यान्सरबाट बच्न नियमित स्वास्थ्य परीक्षण र प्रारम्भिक उपचार महत्वपूर्ण हुने उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूको सेवा स्तरीय बनाउन, आवश्यक उपकरण उपलब्ध गराउन, र फार्मेसीमा सबै प्रकारका औषधि सुनिश्चित गर्न विशेष ध्यान दिने बताएको छ। मन्त्री पौडेलले स्वास्थ्यकर्मीहरूले बिरामीहर