लकडाउनको समय १२ दिन थप, सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १७ जेठ । काेराेनाकाे संक्रमण नराेकिएकाे भन्दै सरकारले लकडाउनकाे समय अझै थप गरेकाे छ । शनिवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले थप १२ दिन लकडाउन थपेर लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हाे । मन्त्रिपरिषदले लकडाउनकाे माेडालिटीमा केही परिवर्तन हुन सक्ने बताएकाे छ । त्यसका लागि कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न […]

सवारी पास छ भन्दैमा जथाभाबी नहाकाैं, राडार गनले समात्ला

        काठमाडौँ, १६ जेठ ।  लकडाउनको समयमा सवारी पास लिएका सवारी साधनामाथि ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । लकडाउनले सडकमा सवारी साधन निकै कम संचालन भएर तीब्र गतिमा सवारी चलाउने गरिएको र त्यसबाट सम्भावित दुर्घटनालाइ रोक्न भन्दै ट्राफिक प्रहरी महाशाखाले निगरानी बढाएकाे हाे । तीब्र गतिमा चलाइएका सवारीकाे गति कति छ […]

ललितपुरमा कोरोना संक्रमण भइ एक जनाको मृत्यु

काठमाडौं, १४ जेठ । राजधानीमा पनि काेराेना संक्रमण भइ एक जनाकाे मृत्यु भएकाे छ । ललितपुरकाे ग्वार्काेमा रहेकाे किस्ट अस्पतालमा ती काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुने व्यक्ति ललितपुर महानगरपालिका-२२ भरु भएका ५७ वर्षीय पुरुष हुन । उनको बुधबार साँझ किष्ट अस्पतालमा कोरोना […]

क्वारेन्टाइनस्थलमा पुगेका डाक्टरहरुबीच एकाएक कुटाकुट

काठमाडौं, १३ जेठ । विरगञ्जका दुइ अस्पतालमा कार्यरत डाक्टरहरुबीच कुटाकुट भएकाे छ । नारायणी उपक्षेत्रीय अस्पतालमा र नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टरहरुबीच अरु कारणले नभइ सामाजिक सञ्जालका कारण कुटाकुट भएकाे हाे । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर दुइ डाक्टरहरुबीच विवाद भएकाे र विवाद बढ्दै गएपछि दुबैले अाअाफ्ना समूह बनाएर कुटाकुटमा उत्रेकाे बुझिएकाे […]

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो २७८

काठमाडौं, ३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या २७८ पुगेकाे छ । शनिबार दिउँसो थप दुई जनामा कोरोना संक्रमण भेटिएसँगै कूल संख्या २७८ पुगेकाे हाे ।  शनिवार २६ वर्ष र ५२ वर्षका २ पुरुषमा काेराेनाकाे संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे थियाे । हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार मात्र ११ जना कोरोना […]

सरकारको नपुसकताका कारण नेपालमा भारतको हस्तक्षेप निरन्तर गर्दै गएको विद्रोही नेकपाको आरोप

काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीले नेपालली भूमि लिपुलेकमाथि भारतीय हस्तक्षेप नेपाल सरकारकाे नपुसकताका कारण भएकाे बताएकाे छ । नेकपा सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कञ्चनले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि मिचेर भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू मिचिँदा पनि संसदवादी सत्ता मूकदर्शक देखिएकाे […]

लिपुलेकबाट नेपाली भूमी मिचेर भारतले बनायो मानसरोवर पुग्ने सडक

काठमाडौं, २६ बैशाख । भारतले नेपालको भूभाग लिपुलेक हुँदै मानसरोवर मार्गसँग जोड्ने सडकको शुक्रबार उद्घाटन गरेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत नेपालको लिपुलेक हुँदै चीन जोड्ने सो रुट उद्घाटन गरेका थिए। कुटनीतिज्ञ तथा सीमाविदहरुले भारतको एकपक्षीय कदमको नेपालले कडा विरोध गर्नुपर्ने बताएका छन्। भारतले धार्चुलाको घटियागाढबाट लिपुलेकसम्मको ८० किलोमिटर लामो सडक निर्माण गरेर […]

ननस्टप समाचार प्रभाव: सरकारी गाडीले काठमाडौं ओसारेका मान्छे सर्लाहीमै फर्काइयो

काठमाडौं, २५ बैशाख । बुधवार एक सरकारी गाडीले सर्लाहीबाट काठमाडौं ल्याएकाहरुलाई फिर्ता गरिएको छ । लकडाउनको उल्लंघन गर्दै प्रदेश २ को सामाजिक विकास मन्त्रालयको एक गाडीमा सर्लाहीबाट काठमाडौं ल्याइएका ४ जनालाई उतै फिर्ता गरिएको हो । सर्लाहीको होरैता नगरपालिका २ निवासी ४ जना बुधवार प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको […]

सबै सांसद र कर्मचारीको आज कोरोना परिक्षण गरिदै

काठमाडाैं, २५ बैशाख । शुक्रबारदेखि सुरु हुने संघीय संसदको वर्खे अधिवेशन संचालनको लागि बिहीबार सबै सांसद र कर्मचारीको पिसिआर परिक्षण गरिँदै छ। संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो। बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा […]

नेपालगञ्जमा भेटिए एकैदिन १५ कोरोना संक्रमित

नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन १५ जना काेराेनाका संक्रमित फेला परेका छन् । यसअघि ६० वर्षीय एक व्यक्तिमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । तिनै व्यक्तिका सम्पर्कमा रहेकाहरुकाे परिक्षण गर्दा १५ जनामा संक्रमण भएकाे पत्ता लागेकाे हाे । मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने नेपालगञ्ज नगरपालिका वडा नम्बर ७ […]