काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो स्कार्फ लगाएर संसद भवन पुगेका छन् । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति माग गर्दै आएका उनीहरू निलो स्कार्फ लगागर संसद भवन पुगेका हुन् । `मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा “निलो स्कार्फ” को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय […]
ननस्टप विशेष
गरुडामा नि:शुल्क कृषि बिजुली
सञ्जय मिश्रा, रौतहट । रौतहटको गरुडा नगरपालिकाले पनि किसानले सिंचाई प्रयोजनको लागी चलाएको कृषि मीटरको विद्युत महशुल भुक्तानी गरेको छ। जिल्लाको १८ पालिका मध्ये यस अघी मौलापुर, फतुवा बिजयपुर र बौधिमाई नगरपालिकाले नगरवासीको विधुत महशुल भुक्तानी गर्दै आएको थियो । अब गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालको पहलमा यस आर्थिक बर्ष देखि कृषिमीटरको विद्युत महशुल […]
पुरस्कार पाउनुपर्नेमा सजाय पाएको भन्दै भावुक स्टाटस लेखेर ३४ वर्षिय डा श्रेष्ठ सम्पर्कविहीन
अपडेट : भावुक स्टाटस लेखेर सम्पर्कविहीन भएका डा केशव श्रेष्ठ भेटिएका बताइएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तारकेश्वर नगरपालिका–३ बाट उद्धार गरेको बताइएको छ । काठमाडौ । रामेछापस्थित बागमती प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहीसकेका डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् । फेसबुकमा आत्मदुख […]
दाइजो अन्त्यलाई राजनीतिक एजेन्डा बनाइनुपर्नेमा जोड
ललिता साह, काठमाडौं । तराई–मधेशमा गहिरिँदो दाइजो प्रथाले सामाजिक अन्याय र वर्गीय विभाजनलाई झन गहिरो बनाइरहेको सन्दर्भमा, यस समस्यालाई अब राजनीतिक एजेन्डाको रूपमा उठाउनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। शनिबार काठमाडौँमा आयोजित ‘मधेशी समाजमा दहेजको कुलत : इतिहास, कारण र उपचार’ विषयक रूपान्तरण संवाद कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले दाइजो समस्या समाधानको लागि सामाजिक, कानुनी र राजनीतिक […]
आज विश्व रक्तदाता दिवस, ललितपुरमा यातायात श्रमिकको विशेष कार्यक्रम
ललितपुर । आज, जुन १४ अर्थात् विश्व रक्तदाता दिवस । यो दिवस नेपालमा पनि रक्तदान र सो सम्बन्धी कार्यक्रम गरी मनाइँदैछ। “रगत दिनुहोस्, आशा दिनुहोस्:जीवन बचाऔ” भन्ने नाराका साथ मनाइरहेको विश्व रक्तदाता दिवस २०२५ को अवसर पारेर ललितपुरको लगनखेल बसपार्कमा आयोजित निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र यातायात श्रमिक संगठनको आयोजनामा […]
फेरिँदै पाकिस्तानलाई हेर्ने अमेरिकी आँखा, पाकिस्तानी सेना प्रमुखलाई बनाइयो विशेष अतिथि
इस्लामवाद । पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिका भ्रमणमा निस्केका छन्। आज शनिबार अर्थात जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सवको समारोहमा उनी बिशेष अतिथिका रूपमा सहभागी हुनेछन्। यो दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ७९ औं जन्मदिन पनि हो। यस अवसरमा राजधानी वासिङ्टनमा परेडको आयोजना गरिनेछ। मुनिरको पहिलो अमेरिका भ्रमण २०२३ मा […]
प्रमुख प्रतिपक्षले बहादुरीपूर्वक आत्मसमर्पण गर्यो : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भूमिका खेलेको आरोप लगाएका हुन् । ‘प्रमुख प्रतिपक्षी दलले वीरता र बहादुरीपुर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङदेनले भने । संसदमा माओवादी केन्द्रका प्रमुख सचेतक […]
प्रतिनिधिसभाको बैठक सुरू, रास्वपा र राप्रपाको बिरोध यथावत
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भएपछि संसद सुरू भएको हो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर बिरोध जनाइरहेका छन् । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग […]
प्रदेश सांसदका उम्मेदवारसहित महासचिवकै क्षेत्रबाट ८६ नेताकार्यकर्ताले त्यागे एमाले
दाङ । पार्टीभित्र असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास बढ्दै गएपछि सत्तारूढ दल नेकपा एमालेको महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र, दाङ–२ बाट एकैसाथ ८६ जनाले पार्टी परित्याग गरेका छन्। पार्टी छाड्नेहरूमध्ये अघिल्लो निर्वाचनमा दाङ–२(२) बाट उम्मेदवारी दिएका गिरिराज केसी पनि छन्, जो कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेसँग थोरैमात्र मतले पराजित भएका थिए। पार्टीको पूर्व प्रदेश कमिटी सदस्य […]
लन्डन हिडेको खुशी केहीछिनमै खोसियो, विमान दुर्घटनामा परिवारका पाँचैजना रहेनन्
काठमाडौ । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा लन्डन बस्न हिडेका डाक्टर पतिपत्नी र उनीहरूका ३ छोराछोरी सहित पाँचै जनाको ज्यान गएको भारतीय समाचार पोर्टल अमरउजालाले जनाएको छ । समाचार अनुसार राजस्थानको बाँसवाडा जिल्लामा बसोबास गर्ने जोशी परिवारले लन्डनको नयाँ यात्रा सुरु गर्न लाग्दा एक दर्दनाक विमान दुर्घटनाले उनीहरूको जीवन समाप्त गरिदिएको हो । अहमदाबादबाट लन्डन […]











