काठमाडौ । एअर इण्डिया विमान नम्बर AI-171 आज दिउँसो गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएपछि भारत सरकारका गृहमन्त्री अमित शाह घटनास्थलमा पुगेर स्थिति अवलोकन गरेका छन्। उनले उक्त दुर्घटनामा बाँचेका एकमात्र यात्रीसँग पनि कुराकानी गरेका छन्। भारतीय सञ्चार माध्यम अमर उजालाले जनाए अनुसार घटनापछि पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शाहले भने, “यो घटना अत्यन्तै दुःखद र स्तब्ध पार्ने […]
ननस्टप विशेष
मेडिसिटीमा पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण
ललितपुर । ललितपुरको नख्खु–भैसेपाटी क्षेत्रमा अवस्थित एक प्रमुख सुपर–स्पेसियालिटी अस्पताल नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ। पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो उनका छोरा २६ वर्षीय आयुष कार्कीले दान गरेपछि अस्पतालले सफलतापूर्वक प्रत्यारोपण गरेको हो । जेठ ८ गते सम्पन्न भएको शल्यक्रिया अस्पतालको इतिहासमा पहिलो सफल कलेजो प्रत्यारोपण आज […]
आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो प्रहार, तीनजना पक्राउ
वीरगन्ज । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि इजलासमै कालोमोसो प्रहार गरिएको छ। पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिएको फैसलाप्रति असन्तुष्टि जनाउँदै नेकपा बहुमतका नेताकार्यकर्ताले इजलासमै पुगी कालोमोसो प्रहार गरेका हुन् । उक्त आक्रमण घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा बहुमतका केन्द्रीय सदस्य किशोर कुँवर (अविनाश), सोही पार्टीका सर्लाही […]
मध्यपुर थिमि एलोपेथी, आयुर्वेद र होमियोप्याथी सेवा दिने देशकै पहिलो पालिका
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका एलोपेथिक, आयुर्वेद र होमियोप्याथिक तीनवटै पद्धतिबाट स्वास्थ्य सेवा प्रवाह गर्ने पहिलो पालिका बन्न सफल भएको छ । वडा नं. ७ नगदेशमा बिहीबार नगरपालिकाले होमियोप्याथिक स्वास्थ्य केन्द्र संचालनमा ल्याएसंगै चिकित्सा पद्धतिबाट सेवा दिने मध्यपुर थिमि पहिलो पालिका बन्न सफल भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले दावी गरेका हुन्। […]
टेलिकमको निमित्त प्रवन्ध निर्देशकमा मास्के
काठमाडौ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी अब सबिना मास्केले सम्हाल्ने भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मास्केलाई निमित्त प्रबन्ध निर्देशकका रूपमा कामकाज गर्ने जिम्मा दिइएको हो। पूर्व प्रबन्ध निर्देशक संगीता पहाडीमाथि बिलिङ प्रणालीमा अनियमितता र आर्थिक हिनामिनासम्बन्धी आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर […]
गर्मीबाट बच्न घरमै बनाउनुस् मोजितो
काठमाडौं । गर्मीमा मानिसहरु गर्मीबाट बच्न, शरीरलाई हाइड्रेटेड राख्न र उर्जावान रहन धेरै प्रकारका चिजहरुको सेवन गर्ने गर्छन् । खरबूजा, कागती पानी र अन्य धेरै चीजहरूले गर्मीमा शरीरलाई चिसो र हाइड्रेट गर्न मद्दत गर्दछ। एक मोजितो पनि यसमा पर्न जान्छ । यसलाई कागती, पुदिना र अन्य धेरै चीजहरू मिसाएर बनाइन्छ। गर्मीबाट राहत दिनुका साथै पाचन […]
जसपाको प्रदेश अध्यक्षसहित दर्जनौं नेताहरू माओवादी केन्द्रमा प्रवेश
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। खुमलटारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आयोजित कार्यक्रममा उनीहरू औपचारिक रूपमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अघि बढाइरहेको उल्लेख गर्दै […]
बेलायत पठाइदिने भन्दै ११ करोड ठगी
काठमाडौं । वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्। दुबै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूले हालसम्म ३८ […]
रहेनन् भक्तपुरका पुराना कम्युनिष्ट नेता कृष्णलाल गोजा
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिका अग्रज बामपन्थी नेता एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार कृष्णलाल गाेजाको असामयिक निधन भएको छ । ७३ वर्षको उमेरमा श्रेष्ठकाे मध्यपुर थिमि-४ स्थित निजी निवासमा असामयिक निधन भएकाे हो । मधुमेहको नियमित औषधि सेवन गरिरहेका कृष्णलालको स्वास्थ्यमा समस्या थिएन । सोमबार बिहान करिब साढे ९ बजे घरमै बसिरहेका बेला […]
पार्टीमा दासहरू बढेका एमाले नेताको गुनासो
काठमाडौं । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदैँ आएका भनिएका नेता थापाले घुमाउरो पारामा त्यसको संकेत गरेका हुन् । नेपालको राजनीतिक इतिहासमा भीमशेन थापा र जंग बहादुर राणा जति शक्तिशाली मानिस कोही थिएनन र छैनन भन्दै उनले लेखेका छन, ‘यी दुबै व्यक्तिको […]