मनसुनी वायुको प्रभाव कमजोर हुँदै, घट्यो प्रकोपको जोखिम

काठमाडौं । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का  अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम […]

अझै अस्पतालको शैयामा ३० आन्दोलनकारी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणले ‘जेन–जी आन्दोलन’ले देशभर गम्भीर मानवीय असर पारेको स्पष्ट गरेको छ। हालसम्म अस्पताल पुगेका ४९ जनाको ज्यान गइसकेको छ भने ३० जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। मन्त्रालयका अनुसार, काठमाडौंका सिभिल अस्पतालमा एक, राष्ट्रिय ट्रमा सेन्टरमा १०, काठमाडौं मेडिकल कलेजमा तीन, त्रिवि शिक्षण अस्पतालमा पाँच, पाटन […]

धादिङमा छोराले लिए आमाको ज्यान, सिङ्गो गाउँ स्तब्ध

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकठेरीमा आइतबार साँझ एक हृदयविदारक घटना घटेको छ । करिब साढे ८ बजे आफ्नै छोराले आमाको ज्यान लिएपछि सिङ्गो गाउँ स्तब्ध बनेको छ । ३० वर्षीय यमबहादुर कडेंल (जिरे) ले आफ्नी ५४ वर्षीया आमा राममायाँ कडेंलको घाँटीमा धारिलो हतियार प्रहार गरी ज्यान लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि […]

माओवादीमा चाकरी गर्ने र धम्क्याउनेले आत्मसमिक्षा गर्नुपर्ने प्रचार सचिवको सुझाव

Balaram Thapa

काठमाडौ । नेकपा (माओवादी केन्द्र) को प्रचार विभागका सचिव एवं वरिष्ठ पत्रकार बलराम थापाले आफ्नो पार्टीप्रति तीखो समालोचना गर्दै भनेका छन्— “पार्टीको एजेन्डा बेवारिसे हुँदा त्यही एजेन्डा आज माओवादीको घाँटीमा तरवार बनेर बज्रिएको छ।” थापाले जेन–जेड आन्दोलनलाई राजनीतिक चेतनाको नयाँ लहरका रूपमा व्याख्या गर्दै आर्थिक असमानता र सामाजिक विभेदले भरिएको समाजमा सधैं राजनीतिक विद्रोहको बस्तुगत […]

लाङटाङ घुम्न आएका भक्तपुरका चारजना सम्पर्कबिहीन, खोजी जारी

रसुवा । गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना सम्पर्कबिहीन बनेका छन् । भक्तपुरबाट लाङटाङ घुम्न आएका १६ जनाको टोलीमध्ये ४ जनालाई खोल्साले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लाङटाङतर्फ जाने क्रममा बाढीमा परी उनीहरू सम्पर्क बिहीन बनेका हुन् । सम्पर्क बिहीन हुनेहरूमा भक्तपुरको सूर्यविनायक-४ हर्ष चोक बस्ने सस्कृती श्रेष्ठ, किशन […]

चाँगुनारायणका प्रहरी चौकीहरुलाई वर्षादी र बुट हस्तान्तरण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्रका प्रहरी चौकीहरुलाई मनसुनजन्य सुरक्षा सामग्रीहरु वर्षादी र बुट प्रदान गरेको छ । विपद्को अवस्थामा तत्काल प्रतिकार्यको लागि खटिने नेपाल प्रहरीका दुवाकोट, चाँगु, ब्यासी, खरीपाटी, नगरकोट, सुडाल, झाप्रो र ताथलीका प्रहरी चौकीहरुलाई उक्त सामग्रीहरु दिइएको नगरपालिकाको विपद ब्यवस्थापन सहजकर्ता दिनेश थापाले जानकारी दिए । चाँगुनारायण नगरपालिकामा नगर प्रमुख जीबन […]

सम्पादकीय : सचेतना र प्रतिकार्यमा जोड दिऔँ, सम्भावित विपद्बाट बचौँ र बचाऔँ

देश आजदेखि तीन दिनसम्म अबिरल वर्षाको चपेटामा परेको छ।अविरल वर्षासंगै सम्भावित बाढी, पहिरोले जनधनको सुरक्षामा चुनौती थपिएको छ । मौसमविद्हरूले दिएको चेतावनी र सरकारले घोषणा गरेको सार्वजनिक विदाले यो तथ्यलाई अझ स्पष्ट पारेको छ कि हामी उच्च जोखिमको अवस्थामै छौं।  यस्तो अवस्थामा सरकारी सक्रियता, विपद् प्रतिकार्यको चुस्तता र जनचेतना नै यो चुनौतीसंग जुध्ने प्रमुख आधार […]

सरकारले दियो दुईदिन सार्वजनिक बिदा

अकाठमाडौ । मनसुनजन्य सम्भावित विपदबाट बच्न सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ । आइतबार र सोमबार सरकारले सार्वजनिक बिदा घोषणा गरेको हो । गृह मन्त्रालयले एक सूचना जारी गर्दै जल तथा मौसम बिज्ञान बिभाग र विपद ब्यवस्थापन प्राधिकरणले सोमबारसम्म भारी वर्षाको प्रक्षेपण गरेकाले सम्भावित विपद बाट बच्न विपद ब्यवस्थापनमा जुट्ने जनशक्ति र कार्यालय बाहेकमा […]

काठमाडौं उपत्यकामा तीन दिन सवारी आवागमन बन्द

काठमाडौं । लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि सरकारले तीन दिनका लागि काठमाडौं उपत्यकामा सवारी आवागमन रोक्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख रामबहादुर केसीले काठमाडौं भित्रिने र बाहिरिने सबै सवारी साधनहरूलाई अस्थायी रूपमा रोक लगाइएको बताएका छन् । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “अविरल वर्षाका कारण सडकका […]

सम्भावित प्रकोपमा सेवा प्रभावकारी पार्न स्वास्थ्य मन्त्रालय बागमतीको निर्देशन

Health ministry bagamati

हेटौंडा । भारतको उडिसा नजिक विकसित भएको मौसम प्रणाली बिहार हुँदै नेपाल प्रवेश गरेको छ । यसले मधेश हुँदै बागमती प्रदेशमा पनि अविरल वर्षा गराइरहेको छ । काठमाडौ उपत्यका लगायत बागमती प्रदेश र पश्चिमका विभिन्न स्थानमा सोमबारसम्म लगातार वर्षा गराउने सम्भावना जल तथा मौसम बिज्ञान बिभागका  प्राविधिक विज्ञहरूले बताएका छन् । यसै क्रममा बागमती प्रदेश […]