काठमाडौ । लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मागहरू आफूहरुले १० वर्षअघि नै संविधानसभामा फरक मतका रुपमा दर्ज गरेको बताए । “त्यतिबेला हाम्रो संख्या नपुगेका कारण हामी सम्झौतामा गएका थियौं, आजको जेन–जी आन्दोलनले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको माग त्यतिबेलै हाम्रो प्रमुख एजेण्डा थियो।” प्रचण्डले प्रष्ट पारे । […]
ननस्टप विशेष
असोज १६ गते बिहान ११ बजेर ५३ मा टीकाको शुभ साइत
काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष विजया दशमी (दशैं)को महत्वपूर्ण शुभसाइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनामा असोज ६ गतेदेखि सुरु हुने नवदुर्गा पूजासँगै दशैंका दिनसम्बन्धी साइत उल्लेख गरिएको छ। यस वर्षको साइत अनुसार अशोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा घटस्थापना शुरु हुने बताइएको छ । […]
आज सोमबार मन्त्रीमण्डल बिस्तार हुने, यी हुन् मन्त्रीका सम्भावित अनुहार
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेकी छिन्। एकै जना मन्त्रीलाई २–३ वटा मन्त्रालय जिम्मा दिनेगरी सानो संरचना बनाइने योजनासहित उनले सोमबार मन्त्रीहरु राख्न लागेकी हुन् । हाल २१ वटा मन्त्रालय रहेका भए पनि कार्कीले यसलाई अधिकत्तम ८ जना मन्त्रीबाटै काम चलाउने तयारी गरेकी छन् । यसका लागि दक्ष र इमानदार मन्त्रीहरु […]
रास्वपा नेतृ सुमना श्रेष्ठले गरिन् पार्टी परित्यागको घोषणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा पार्टीभित्र गल्ति स्वीकार नगर्ने, आलोचनालाई दबाउने तथा मिडिया ट्रायल गर्ने प्रवृत्ति चर्किएको भन्दै असन्तुष्टि प्रकट गरेकी छन्। उनले भनिन्, “कहिल्यै गल्ति नस्विकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नु पर्ने […]
संसद विघटनको पक्षमा उभिए माओवादी केन्द्रका उपमहासचिव
काठमाडौं । नेकपा(माओवादी केन्द्र) का उपमहासचिव हरिबाेल गजुरेल प्रतिनिधि सभा विघटनको पक्षमा उभिएका छन् । वर्तमान परिस्थितिलाई निकास दिनका लागि प्रतिनिधि सभा विघटन आवश्यक रहेको उनले बताएका हुन् । उनले प्रतिनिधि सभा विघटन आवश्यक थियोे भन्ने कुरा जनताले अनुभव गरिरहेका बताए । विघटनमा प्रक्रियागत त्रुटि भएपनि अहिलेको आवश्यकता भएको उनको भनाइ छ । ‘संसद् विघटनमा […]
संविधान भित्रैबाट निकास निकाल्न प्रयासरत राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान परिस्थितिमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको संरक्षणका लागि सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार जारी गरेको अपिलपत्रमा संविधानको दायराभित्र रहेर मुलुकलाई निकास दिन सकिने विषयमा निरन्तर विचार–विमर्श र प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न छिटो सम्भाव्य समाधान खोज्नुपर्नेमा […]
सम्पादकीय : “रगतले लेखिएको प्रश्न”
२३ भदौमा सरकारले कलङ्कको टीका लगायो । आफ्नै कलिला मस्तिष्कले मागेका जायज मागहरू सम्बोधन गर्ने साहस देखाउनुको सट्टा उनीहरूको प्रदर्शनमा कायरतापूर्वक दमनको ताण्डव मच्चायो । १९ भर्भराउदा जीवनहरूको अन्त्यसँगै १९ परिवारको संसार भत्कियो, बुढेसकालका सयौं सहारा अस्पतालमा आफैं सहारा खोजिरहेका छन् । मृतक र घाइते युवाहरूका आमाबुवा र आफन्तको आँखाबाट अनन्त आँसु बगिरहेको छ । […]
प्रधानमन्त्री ओलीमाथि बालेनको कडा टिप्पणी
काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन् । आज देशभर चलेको आन्दोलन र त्यसविरुद्ध सरकारले गरेको दमनप्रति असहमति जनाउँदै उनले ओलीमाथि तीव्र आक्रोश पोखेका हुन् । साहले आफ्नो स्टाटसमा लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको […]
सामाजिक सञ्जाल निस्क्रिय नपार्न र दर्ताको पहल गर्न प्रेस सेन्टरको आग्रह
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रेस सेन्टर नेपालले त्यसको तीव्र विरोध गरेको छ। सामाजिक सञ्जाल निस्क्रिय बनाउने कदम तुरुन्त रोक्न र दर्ताका लागि आवश्यक पहल गर्न पनि सेन्टरले सरकारसँग आग्रह गरेको छ। प्रेस सेन्टरले बिहीबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णय संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र आम नागरिकको सूचनाको हकविपरीत […]
भक्तपुरमा इन्द्रजात्रा शुरु
भक्तपुर । भक्तपुरको प्राचीन सहर आजदेखि मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) को रौनकले रंगिएको छ। परम्परागत २४ टोलहरूमा यम द्यः (इन्द्र ध्वज) ठड्याइएसँगै यो जात्रा औपचारिक रूपमा प्रारम्भ भएको हो। एक समय पुरानो नगर क्षेत्रमा सयौँ संख्यामा उभ्याइने यम द्यः गुठीका लागि छुट्याइएका जग्गा र स्रोतहरू हराउँदै गएपछि अहिले थोरै मात्र यम द्यः उठ्ने परम्परा बाँकी […]











