काठमाडौ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादु महरा पुन: पक्राउ परेका छन् । भेपमार्फत सुन तस्करीको अनुसन्धानका लागि उनी पुन: पक्राउ परेका हुन् । सीआईबीले उनलाई प्रकाउ गरेको प्रवक्ता शिव कुमार श्रेष्ठले पुष्टि गरेका छन् । यस अघि पनि भेप प्रकरणको अनुसन्धानमा पक्राउ गरी महरालाई तारिखमा छाडिएको थियो । सभामुख रहेका बेला पनि […]
ननस्टप विशेष
पूर्व प्रधानमन्त्री प्रचण्डले सम्पादकहरुको धारणा सुन्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रबार देशका प्रमुख सञ्चार माध्यमका सम्पादकहरूसँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। पार्टी प्रचार विभागका सचिव बलराम थापाका अनुसार ललितपुरमा हुने उक्त कार्यक्रममा प्रचण्डले हालको राजनीतिक परिस्थिति र ‘जेनजी आन्दोलन’पछिको देशको कार्यभारबारे प्रत्यक्ष बुझ्ने प्रयास गर्नेछन्। “अध्यक्ष प्रचण्डले […]
कांग्रेस पदाधिकारी बैठकका यस्ता कुरा, शुक्रबार पुनः बस्ने
ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सानेपामा आजबाट सुरु भएको बैठक भोलि शुक्रबार १ बजे पुनः बस्ने भएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले भोलि पुन: बस्ने गरी स्थगित भएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी गराए । “वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको […]
गुण्डुका कार्की नेतृत्वको आयोग नमान्ने भन्दै गुण्डुमै गर्जिए ओली, भन्छन्- जेजे गर्ने हो गर्नु
भक्तपुर । अपदस्थ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले बनाएको छानबिन आयोग अस्वीकार्य रहेको बताएका छन् । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले गुण्डुकै पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग अमान्य भएको उद्घोष गरे । “प्रतिवेदन लेख्नुस्, बुझाउनुस्- हामी मान्दैनौँ ।” उनले चुनौती दिदै भने,”जे […]
मन्त्रालय संख्या घटाउन र प्रदेशप्रति गलत संदेश जाने गतिविधि नगर्न माओवादी केन्द्रको माग
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश सभा दलले प्रदेश सरकारको मन्त्रालय संख्या घटाएर ७ कायम गर्न माग गरेको छ। प्रदेश सभा दलका नेता शालिकराम जमकट्टेलको नेतृत्वमा माओवादी केन्द्रले मुख्यमन्त्री इन्द्र बानियाँलाई ८ बुँदे मागपत्र पेश गर्दै हाल कायम १४ मन्त्रालयलाई घटाएर ७ कायम गर्नुपर्ने, कार्य विभाजन स्पष्ट गरी काम कम भएका निर्देशनालय, […]
काभ्रेमा सवारी दुर्घटना, सात घाइते
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा आज दिउँसो बस र मिनि आइचर ठोक्किँदा सातजना घाइते भएका छन्। प्रहरीका अनुसार काठमाण्डौबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा ५ ख ६८३ नम्बरको मिनि आइचरलाई ठक्कर दिँदा आइचर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको हो। दुर्घटनामा मिनि आइचरमा […]
इतिहासमै पहिलो पटक नवदुर्गा दर्शनमा राष्ट्र प्रमुखको सट्टा कर्मचारी सरिक
भक्तपुर । इतिहासमै पहिलो पटक यस वर्षको कोजाग्रत पूर्णिमाको दिन भक्तपुर-९ स्थित नवदुर्गा मन्दिरमा राष्ट्र प्रमुख आएनन् । प्रत्येक दशैको कोज्राग्रत पूर्णिमामा राष्ट्र प्रमुख सवारी हुने प्रचलन यो वर्ष टुटेको हो । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार नवदुर्गा दर्शनका लागि आउने बिश्वाससहित नवदुर्गा मन्दिर व्यवस्थापन समितिले तयारी अघि बढाएको थियो । तर, अन्तिम समयमा उनी अनुपस्थित […]
भक्तपुर प्रमुखको जोड — वैदेशिक हस्तक्षेपविरुद्ध सशक्त आन्दोलन आवश्यक
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा बढ्दो अस्थिरता र विदेशी हस्तक्षेपका सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वैदेशिक हस्तक्षेपविरुद्ध सशक्त राष्ट्रिय आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालभाषा साहित्य तःमुंज्याको ४५औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख प्रजापतिले नेपालका प्रशासनिक संरचना— सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जलाइएका हालका […]
बजारमा तरलता बढेपछि ९० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]
दण्डहीनता अन्त्य गर्न निजी क्षेत्रको आग्रह
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको वताएका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसंगको भेटमा अर्थमन्त्री खनालले उक्त प्रतिवद्दता जाहेर गरेका हुन् । सरकारले पुर्ननिर्माणका लागि […]











