झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्टले लियो किसोरको ज्यान

Dead

वीरगञ्ज । दिपावलीको तयारी गर्दै झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर वीरगञ्ज महानगरपालिका–१ छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको ज्यान गएको छ।

शनिबार साँझ करिब ६ बजे आफ्नै घरमा झालरबत्ती जडान गरिरहेका बेला अचानक शरीरमा विद्युत् प्रवाह भएर उनी गम्भीर घाइते भएका थिए।

तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्‍याए पनि उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै उनको निधन भएको प्रहरीले जनाएको छ।

१७ वर्षिय किसोरको असामयिक निधनले दिपावलीको उत्सवमय छपकैया शोकमा डुबेको छ। प्रहरीले यस्ता घटना दोहरिन नदिन सावधानीपूर्वक बत्ती जडान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।