काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ […]
ननस्टप विशेष
लोपोन्मुख हुक्कापाती
सप्तरी । दीपावलीमा देखिने ‘हुक्कापाती’ अहिले लोप हुन थालेको छ। तर, परम्परालाई जोगाउन कतिपय ग्रामीण महिलाहरू अझै पनि सनपाटबाट बनेको हुक्कापाती बोकेर गाउँ-गाउँदेखि शहरसम्म हिँडिरहेका छन्। राजविराजका गल्ली–गल्लीमा “हुक्कापाती लिई आए” भन्दै हल्ला गर्दै हिँड्ने महिलाहरू यो वर्ष पनि देखिए । तीमध्ये मंसापुरकी ललिता रामले लक्ष्मीपूजको विहान नौ बजेसम्ममा झन्डै दुई हजार रुपैयाँको हुक्कापाती बेचिसकेकी […]
भक्तपुरबाट २७ जुवाडे पक्राउ
भक्तपुर । भक्तपुर नगरपालिका-३ नासमनाको घ:खास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् । गएराति विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेक हो । पक्राउ परेकाहरुको पहिचान सार्वजनिक भएको छैन ।तर, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले २७ जुवाडे पक्राउ परेका […]
बिदेश भागेका भनिएका पूर्व उर्जामन्त्री जलाइएको घरमै सार्वजनिक
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भगेर बिदेश गएको दाबी गरेका पूर्व उर्जामन्त्री दीपक खड्का सोमबार आफ्नै जलाइएको घरबाट सार्वजनिक भएका छन् । केही सञ्चारकर्मीहरूबीच सार्वजनिक भएका उनले सरकलाई आफू सम्बन्धी भ्रामक सूचना नफैलाउन आग्रह गरे । उनले पछिल्ला दिनमा आफ्नो विषयमा आएका समाचारहरू गलत र भ्रामक भएको दाबी गर्दै थपे, “मेरा बारेमा सत्तासीन व्यक्तिको भनाइलाई […]
झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्टले लियो किसोरको ज्यान
वीरगञ्ज । दिपावलीको तयारी गर्दै झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर वीरगञ्ज महानगरपालिका–१ छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको ज्यान गएको छ। शनिबार साँझ करिब ६ बजे आफ्नै घरमा झालरबत्ती जडान गरिरहेका बेला अचानक शरीरमा विद्युत् प्रवाह भएर उनी गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्याए पनि उपचार सम्भव नभएपछि नेशनल […]
घडी भाइरल भएपछि मन्त्री खरेलले खोले मुख
काठमाडौ । अन्तरिम सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले लगाएको घडी माथि प्रश्न उठेपछि उनले स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्चालमा मन्त्री खरेलले रोलेक्स ब्रान्डको महँगो करिब करोड मूल्य हाराहारीको घडी लगाएका र त्यो उनले मन्त्री हुनासाथ उपहार पाएका भनी ट्रोल भएपछि उनले स्पष्टीकरण दिएका हुन् । आफूले लगाएको घडी […]
जनमुक्ति सेनासंग पूर्वमन्त्रीको आग्रह- उपलब्धिको रक्षा, देश र जनताको सुरक्षा गरिदिनुस्
सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पूर्व जनमुक्ति सेना संघ, नेपाल मधेश प्रदेशको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सर्लाहीको बागमती नगरपालिका–स्थित भरत तालमा भेला सम्पन्न भएको हो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय आयोजक समिति सदस्य तथा तत्कालीन जनमुक्ति सेना नेपालका ब्रिगेड कमिसार जोगकुमार बर्बरिया यादव ‘जीवन’को अध्यक्षतामा […]
४३ स्थानीय तहमा अझै बनेन बजेट
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था […]
भक्तपुरबाट नडुक्रन पूर्वप्रधानमन्त्री ओलीलाई गृहमन्त्री अर्यालको चेतावनी
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा शान्ति र सद्भाव भड्काउने प्रयास ‘अपदस्त भएका’ राजनीतिक पात्रहरुबाट भइरहेको आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्कित गर्दै भने “अपदस्त भएकाकै कुकर्मले विद्रोह भएको हो, शान्तिप्रिय जिल्ला भक्तपुरमा बसेर नडुक्रनु र हामीलाई हाँक […]
विनारिश्वत सडक दुर्घटनाको रिपोर्ट समेत दिन मान्दैन सप्तरी प्रहरी
सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कडरबोनाले विनारिश्वत सडक दुर्घटनाको रिपोर्ट समेत दिन नमानेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय कडरबोनामा प्रहरी निरीक्षक गजेन्द्र राय इन्चार्ज रहेका छन् । घुस नदिँदा कार्यालयले करिब तीन महिनादेखि सडक दुर्घटनासम्बन्धी निवेदन अड्काएर राखेको एक पीडितले जानकारी गराएका हुन्। “फाइल तयार छ तर, विना पैसा हाकिमले […]











