मैले मात्र गरेर देश बन्दैन : बालेन

Balen shah

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देश बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। उनले आफूले मात्र गरेर देश नबन्ने बताएका हुन् । सामाजिक अभियन्ता ‘ई’ ले सामाजिक सञ्जालमा गरेको टिप्पणीको जवाफमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। अभियन्ता ‘ई’ ले मेयर शाह, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा […]

माओवादी केन्द्रका सचिव साहले लिए राजनीतिबाट सन्यास

काठमाडौ । नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिबाट सन्यास लिएका छन् । एक टेलिभिजन अन्तर्वार्ताबाटै उनले सन्यासको घोषणा गरेका हुन् । साह वरिष्ठ बामपन्थी नेता हुन् । नेकपा (संयुक्त)को महासचिव रहेका उनी पार्टी एकीकरण पछी नेकपा माओवादी केन्द्रका सचिव एवं मधेस प्रदेश इन्चार्ज रहेका थिए । पूर्व मन्त्री समेत रहेका साहले जेन-जी आन्दोलनको म्यान्डेट […]

जितेन्द्र सोनल बने मधेशको चौथो मुख्यमन्त्री

jitendra sonal

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार साँझ संविधानको धारा १६८ (२) बमोजिम सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेपछि राजीनामा दिएका थिए। सोनलले नेपाली कांग्रेस र नेकपा एमालेबाहेक लोसपा, […]

दाना उद्योगमा दुर्घटना, तीन कामदारको गयो ज्यान

चितवन । चितवनको रत्ननगर–१२ स्थित किसान दाना उद्योगमा रहेको दाना नं. ४ को वाल (भित्ता) भत्किँदा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। बिहान करिब १० बजेको समयम्मा वाल भत्किएपछि गम्भीर घाइते भएका तीन कामदारको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । ज्यान गुमाउनेमा चितवनकै खैरहनी नगरपालिका–२ का ४५ […]

प्रधानमन्त्री कार्कीको प्रेस सल्लाहकारमा रावल

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् ।  उनी नेपालखबरको सम्पादक समेत हुन् । बाजुरामा जन्मथलो भएका रावल नेपालखबरअघि रवि लामिछानेको ग्यालेक्सी फोरके टेलिभिजनका सम्पादक थिए। त्यसअघि उनले कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत विभिन्न सञ्चारमाध्यममा डेढ दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका […]

चाँगुनारायणमा अलपत्र पारिएका दुधे बाच्छाहरुको उद्धार

भक्तपुर । चाँगुनारायण नगरपालिका–४ मा अलपत्र अवस्थामा रहेका आठ वटा दुधे बाच्छाहरूको उद्धार गरिएको छ। चाँगुनारायण-४ मा अलपत्र पारी छाडिएका भर्खरै जन्मेका देखि एक महिना उमेरका बाच्छाहरूको ज्यान जोखिममा परेको जानकारी पाएपछि स्थानीय सामाजिक अभियन्ता  दिनेश खनालको पहलमा उद्दार तथा ब्यवस्थापन गरिएको हो । पूर्व जनप्रतिनिधि समेत रहेका खनालले जनाए अनुसार बाच्छाहरू भोक र चिसोले […]

काभ्रेमा जुवातास खेल्ने ८ र यौन क्रियाकलापमा संलग्न ३ पक्राउ

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जुवा–तास खेल्ने तथा यौनजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति साँझ ८ः०० बजे बनेपा नगरपालिका–९, बेथिसाइट नजिकस्थित फर्निचर बनाउने टहरामा जुवा–तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मार्दा ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाबाट नगद १ लाख २२ हजार ६५४ रुपैयाँ र तास २७ बुक्सहित […]

पढ्नुस् मेयर बालेनको विवादित कविता

Balen shah

सत्यको कुनै एउटा पहिचान कुनै नाम हुँदैन। मिथ्याजस्तो ठूलो अभिमान, कुनै शान हुँदैन। जलझैँ शीतल, फूलझैँ कोमल, सुन न पित्तल, किसानझैँ फोहर। आकाशझैँ विशाल, स्पर्शझैँ सूक्ष्म, सगरमाथाझैँ हिमाल, थोपाझैँ पूर्ण। सत्यको कुनै दाम हुँदैन, सत्यको दुबै कान हुँदैन , समर्पण हुन्छ , दान हुँदैन , कुनै एउटा पहिचान, कुनै एउटा काम हुँदैन, नाम हुँदैन। (सामाजिक […]

बकबक गर्नेलाई उपचार गर्ने गृहमन्त्रीको चेतावनी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि आफू नै राज्य ठान्नेहरु बिरुद्ध कठोर हुने चेतावनी दिएका छन् । अछामका मदन बुढाको आमरण अनसन आज तोडाउँदै उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेततर्फ लक्षित गर्दै उनीहरूले “राज्यजस्तो हिँड्ने प्रवृत्ति” देखाएको बताए । गृहमन्त्री अर्यालले भने, “के कारणले […]

किसानझैं फोहोर भन्ने मेयर बालेनको अभिव्यक्ति प्रति किसान बिष्टको आपत्ति

काठमाडौ । काठमाडौ महानगरका मेयर बालेन्द्र साह (बालेन साह) ले सामाजिक सञ्जालमा कविता सार्वजनिक गर्दै ‘किसानझैं फोहोर’ भन्ने अभिव्यक्ति दिएपछि राजनीति त्यागेर हाल खेतीकिसानी गरिरहेका पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। “तिमी किसानलाई फोहोर देख्छौ, तर, यही किसानले उब्जाएको अन्न खान्छौ कि खादैनौ? बिष्टले भावनात्मक र प्रश्नात्मक शैलीमा बालेनलाई प्रश्न गरेका छन् […]