बिपी र मध्यपहाडी लोकमार्गमा राति सवारीसाधन निषेध

सिन्धुली । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा आज र भोलि राति सवारी आवागमन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कात्तिक १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन नगर्न आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयले यात्रुको सुरक्षा सुनिश्चित गर्न र दुर्घटना रोक्न रातको समयमा […]

काठमाडौंमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न १५ पक्राउ, एकमात्र स्थायी बासिन्दा

काठमाडौँ । गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड, आगजनी, चोरी तथा लुटपाटमा संलग्न रही हतियार प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले जारी गरेको विज्ञप्ति अनुसार पक्राउ परेका १५ जनामा एकजना मात्र काठमाडौ उपत्यकाको स्थायी बासिन्दा रहेका छन् । अन्य एकजना भारतीय र बाकी सबै उपत्यका बाहिरका जिल्लाबासी […]

नयाँ पुस्ताको हुरीले शासक दलहरूलाई दुई दिनमै उडाइदियो : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिका प्रमुख एवं नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले हालै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले दुई दिनमै सत्तारूढ दलहरूलाई उडाइदिएको टिप्पणी गरेका छन् । खोक्रो रुख एक धक्कामै ढल्ने भन्दै उनले भने, “खोक्रो भएका शासक दलहरू दुई दिनमै ढले ।” नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता दलहरू भ्रष्टाचारमा डुबेर सिद्धान्त र […]

छठ पर्वको मुख्य दिन आज, यस्तो छ छठी माताको स्वरुप र पूजा विधि

chhath

काठमाडौ । छठ पर्वको मुख्य दिन आज तराई–मधेशसहित देशभर अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिएका छन् । सोमबार साँझ घर नजिकका पोखरी, नदी, सरोवर र जलाशयमा पुगेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्दै सूर्यदेव र छठी माताप्रति श्रद्धा र कृतज्ञतापूर्वक पूजाआरधना गरिएको छ। छठ पर्व चार दिनसम्म मनाइने महत्वपूर्ण पर्व हो, जसमा सूर्यदेव र उनकी बहिनी […]

अनिश्चितकालका लागि बन्द हयात होटल शिघ्र संचालनमा ल्याइने

Hotel hyatt

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाट भएपछि अनिश्चितकालीन बन्द घोषणा गरिएको क्षतिग्रस्त हयात होटललाई पुनःनिर्माण गरी शिघ्र सञ्चालनमा ल्याइने भएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै होटल शिघ्र संचालनमा ल्याइने बताएका छन् । भदौ २४ गते भएको घटनाबाट होटलमा व्यापक क्षति पुगेको र पुनर्निर्माण गर्नुपरेको प्रष्ट […]

१ करोड १० लाख ७० हजार र गरगहनासहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित सानोभर्याङबाट प्रहरीले गैरकानुनी रूपमा आर्थिक कारोवार गर्दै आएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ स्थायी घर भई सोही स्थान बस्दै आएकी २२ वर्षीया रोजिना सुनार र चीनका ३८ वर्षीय नागरिक जियाओ याङ (JIAO YANG) रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई गत बिहीबार राति राति […]

क्यासिनो इतिहासमा माजोङको सुनौलो कीर्तिमान कायमै

काठमाडौं। राजधानीको सोल्टी होटल परिसरभित्र रहेको क्यासिनो माजोङले फेरि एकपटक आफ्नो कीर्तिमान कायम राखेको छ । दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित हस्पिटालिटी सम्मान ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ को ताज यसपालि पनि माजोङकै शिरमा सजिएको छ। लगातार पाँचौँ पटक यो अवार्ड जित्दै माजोङले नेपाली क्यासिनो इतिहासमा सुनौलो कीर्तिमान कायम गरेको हो । यस्तो उपलब्धि अहिलेसम्म कुनै […]

राष्ट्रपति पौडेलले लगाए तिहारको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ […]

लोपोन्मुख हुक्कापाती

सप्तरी । दीपावलीमा देखिने ‘हुक्कापाती’ अहिले लोप हुन थालेको छ। तर, परम्परालाई जोगाउन कतिपय ग्रामीण महिलाहरू अझै पनि सनपाटबाट बनेको हुक्कापाती बोकेर गाउँ-गाउँदेखि शहरसम्म हिँडिरहेका छन्। राजविराजका गल्ली–गल्लीमा “हुक्कापाती लिई आए” भन्दै हल्ला गर्दै हिँड्ने महिलाहरू यो वर्ष पनि देखिए । तीमध्ये मंसापुरकी ललिता रामले लक्ष्मीपूजको विहान नौ बजेसम्ममा झन्डै दुई हजार रुपैयाँको हुक्कापाती बेचिसकेकी […]

भक्तपुरबाट २७ जुवाडे पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका-३ नासमनाको घ:खास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् । गएराति विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेक हो । पक्राउ परेकाहरुको पहिचान सार्वजनिक भएको छैन ।तर, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले २७ जुवाडे पक्राउ परेका […]