भक्तपुर । मध्यरातमा दुर्गा प्रसाईं पक्राउ परेका छन् । मथ्यपुर थिमिको निकोसेरास्थित निवासबाट उनी पक्राउ परेका हुन् ।
मङ्सिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका उनलाई मध्यरातमा प्रहरीले पक्राउ गरेको हो । वार पारको आन्दोलन गर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका प्रसाईंलाई प्रहरीले पक्राउ गरेको एक स्थानीयले अवगत गराएका हुन् ।
मेडिकल ब्यवसायी प्रसाईं पछिल्लो समय राजनीतिक अभियन्ताको रुपमा सक्रिय छन् । उनले “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं” नामक अभियान चलाएका छन् ।
बैंक राष्ट्रियकरण, ऋण मिनाहा, संविधान खारेजी, हिन्दु राज्य र राजतन्त्र पुनर्स्थापना लगायत मागहरू राख्ने प्रसाईं गत चैतको चर्चित हिंसात्मक तीनकुने आन्दोलनका अगुवा थिए ।







