World Climate Change Congress Kicks Off in Kathmandu

Kathmandu – The World Congress on Climate Change and Its Impacts (CCIE-2025) has commenced at Central College, Sinamangal, Kathmandu. The event was inaugurated on Saturday by Prof. Dr. Bedraj K.C., Vice-Chancellor of Pokhara University. The three-day congress running until Monday, has drawn the participation of around 200 representatives including experts, scientists, and academicians from 21 […]

पत्रकार पौडेल सम्मानित

काठमाडौँ । कान्तिपुर टेलिभिजनका पत्रकार किरण पौडेल न्याय र कानुन सम्बन्धी पत्रकारिता मार्फत न्याय क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मानित भएका छन्। काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनले पौडेललाई स्वतन्त्र न्यायपालिका, कानुनी शासन र लोकतान्त्रिक प्रक्रियाबारे जनचेतना फैलाउन गरेको उल्लेखनीय प्रयासका कारण कदरपत्रसहित सम्मान प्रदान गरेको हो। २०८०/८१ र २०८१/८२ सालको वार्षिक साधारणसभा तथा सुवोधबाबु चिलुवाल नेतृत्वको […]

सामाजिक सञ्जाल निस्क्रिय नपार्न र दर्ताको पहल गर्न प्रेस सेन्टरको आग्रह

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रेस सेन्टर नेपालले त्यसको तीव्र विरोध गरेको छ। सामाजिक सञ्जाल निस्क्रिय बनाउने कदम तुरुन्त रोक्न र दर्ताका लागि आवश्यक पहल गर्न पनि सेन्टरले सरकारसँग आग्रह गरेको छ। प्रेस सेन्टरले बिहीबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णय संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र आम नागरिकको सूचनाको हकविपरीत […]

भक्तपुरमा इन्द्रजात्रा शुरु

भक्तपुर । भक्तपुरको प्राचीन सहर आजदेखि मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) को रौनकले रंगिएको छ। परम्परागत २४ टोलहरूमा यम द्यः (इन्द्र ध्वज) ठड्याइएसँगै यो जात्रा औपचारिक रूपमा प्रारम्भ भएको हो। एक समय पुरानो नगर क्षेत्रमा सयौँ संख्यामा उभ्याइने यम द्यः गुठीका लागि छुट्याइएका जग्गा र स्रोतहरू हराउँदै गएपछि अहिले थोरै मात्र यम द्यः उठ्ने परम्परा बाँकी […]

उत्कर्षमा शिक्षा विधेयक, असन्तुष्टि उस्तै

काठमाडौं । संघीय संसदबाट विद्यालय शिक्षा विधेयक पारित हुने अन्तिम चरणमा पुग्दा शिक्षा क्षेत्रमा असन्तोष कायमै छ। सामुदायिक विद्यालयका शिक्षकदेखि निजी विद्यालय सञ्चालकसम्म असन्तुष्ट छन्। बुधबार शिक्षा पत्रकार समूहले आयोजना गरेको “शिक्षा बहस” कार्यक्रममा सहभागी सरोकारवालाले विधेयकलाई सहमतिपूर्ण ढंगले अघि बढाउन आग्रह गरेका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले ५४ वर्षपछि बन्न लागेको ऐन […]

पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम” सम्पन्न

साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा साहित्यकार पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम”को आयोजना गर्‍यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा प्रमुख अतिथि पूर्व राजदूत कवि भीम उदासले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले द्वन्द्व, अवसर र रोजगारीको अभावमा गैरकानूनी रूपमा अमेरिका जानेहरूको ठूलो […]

दास बन्न बिदेश जानेहरु देशलाई दोष दिन्छन् : सांंसद थापा(भिडियोसहित)

भक्तपुर । प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले देशलाई दोष दिएर युवाहरू नयाँ दास बन्न बिदेशीने गरेका बताएका छन् । देशमा केही भएन भन्नू भ्रम र आरोप मात्र भएको उनको भनाइ छ । “हामी उभिएको धरातलमा आज साहसिलो पाइला चालौं” बोलको राष्ट्रप्रेम र प्रेरणा भावयुक्त गीति-भिडियोको शुभमुहुर्त समारोहलाई चाँगुनारायणमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य थापाले भने, […]

दुबईमा ‘कम्पनी दाई’ को पहिचान बनाउदै पोख्रेल

काठमाडौं । दुबईलाई विश्वव्यापी व्यापारिक केन्द्रका रूपमा चिनिन्छ, जहाँ हजारौँ उद्यमीहरू आफ्नो भविष्य खोज्दै पुग्छन्। यही अवसरलाई नेपाली समुदायका लागि सुनौलो बाटो बनाउन सफल भएका छन् मनोज पोख्रेल, जसलाई सबैले माया गरेर ‘कम्पनी दाई’ भनेर चिन्छन्। पोख्रेलको नेतृत्वमा GSR Group अन्तर्गतको GSR Businessman Services LLC ले दुबईमा कम्पनी दर्ता र व्यवसाय सुरु गर्न आवश्यक जटिल […]

सानोठिमी क्याम्पस पुस्तकालयमा ६८ थान समाजवादी पुस्तक प्रदान

भक्तपुर । अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पस समितिले १८औँ पुस्तकालय दिवसको अवसरमा सानोठिमी क्याम्पसको पुस्तकालयमा ६८ थान पुस्तक हस्तान्तरण गरेको छ। समितिले “ज्ञानलाई बाँड्ने र शिक्षालाई बलियो बनाउन हातेमालो गर्ने” प्रयासस्वरूप पुस्तक प्रदान गरेको हो। पुस्तक हस्तान्तरण कार्यक्रममा समितिकी अध्यक्ष चन्द्रकला बास्तोलाले पुस्तक दान गर्नु केवल वस्तु हस्तान्तरण मात्र नभई अध्ययन, अनुसन्धान तथा नयाँ विचार जन्माउन […]

काठमाडौ बस्ने क्रान्तिकारी मधेसी महिलाले छाने प्रतिनिधि

काठमाडौ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मधेश प्रदेश सम्पर्क समन्वय समितिको प्रथम जिल्ला भेला राजधानी काठमाडौँको मिनभवनस्थित थाहा हलमा सम्पन्न भएको छ। समितिकी अध्यक्ष उषा काफ्लेको अध्यक्षतामा सम्पन्न भेलामा मधेश प्रदेशका आठै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । “भेलाले राष्ट्रिय सम्मेलनका लागि आठै जिल्लाबाट प्रतिनिधि चयन गर्ने कार्य सम्पन्न गरेको छ ।” अध्यक्ष काफ्लेले […]