ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्नबाट रोक्नुपर्नेमा जोड दिएका छन् । ललितपुरको बुद्ध मावि बाँडेगाउँमा आयोजित प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान)को एजुकेशन कन्क्लेभलाई शनिवार सम्बोधन गर्दै महानिर्देशक काप्रीले छोरीछोरी निजीमा पठाउने विषय भन्दा निजीमा लगानी गर्ने कुरा गम्भीर […]
Author: Nonstop Khabar
मेयरलाई सचेत गराउँदै भक्तपुरका पाँच पत्रकार संगठनको संयुक्त विज्ञप्ति सार्वजनिक
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पत्रकारप्रति सार्वजनिक गरेको अभिव्यक्तिप्रति भक्तपुरमा क्रियाशील पाँच पत्रकार संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्। चाँगुनारायण नगरपालिकाले आफैं सञ्चालन गर्ने अनलाइन न्यूज पोर्टल चाँगुनारायण समाचार डटकमको आधिकारिक इमेलबाट बिहीबार विभिन्न मिडियामा पठाइएको समाचार सम्प्रेषण भएपछि नगरप्रमुखले पत्रकारमाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक टिप्पणी गरेको भन्दै भक्तपुरका पाँच […]
लिपुलेकबारे चीनले नेपाललाई सहयोग गर्नेमा प्रधानमन्त्री ओली बिश्वस्त
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चीनफिङबीच द्विपक्षीय भेट सौहार्दपूर्ण भएको छ । चीन भ्रमणका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक प्रकाश सिलवालले जनाएका छन् । साथै, नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग […]
प्राकृतिक सिकाइः जन्मजात जिज्ञासाको शक्ति
बालबालिकाहरू स्वाभाविक रूपमा जिज्ञासु हुन्छन । उनीहरू संसार बुझ्न चाहन्छन, नयाँ कुरा सिक्न रुचाउँछन, र प्रश्न गर्न मन पराउँछन । बालबालिकाको जिज्ञासा प्राकृतिक रूपमा नै तीव्र हुन्छ, यदि तिनीहरूलाई उपयुक्त वातावरण, सही स्रोतहरू, र स्वतन्त्रताको अवसर दिइयो भने, उनीहरू आफ्नै सिकाइ प्रक्रियालाई निर्देशित गर्न सक्षम हुन्छन् । उनीहरू स्वतः अनुसन्धान र खोजी प्रक्रियामा संलग्न हुन्छन […]
नगरपालिकाले पठाएको समाचारमै मेयरको असन्तुष्टि, पत्रकारलाई आक्षेप लगाउँदा महासंघ मौन
भक्तपुर । “चाँगुनारायण मन्दिर सुनको कचौरा हो, तर स्थानीयले पित्तल बनाए” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाको आधिकारिक इमेलबाट आएको समाचारको विषयलाई लिएर मेयर जीवन खत्री पत्रकार माथि खनिएका छन् । नगरपालिकाको आधिकारिक वेबसाइट चाँगुनारायण समाचार डटकमको इमेलबाट प्राप्त समाचारलाई स्थानीय पत्रकारले हुबहु प्रयोग गर्दा पनि नगर प्रमुख खत्रीले पत्रकारलाई दोष दिएर आफ्नो आङको छारो उडाए । […]
इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति
सरकारले हालै मात्र सवारीसाधनमा जबर्जस्ती इम्बोस्ड नम्बर अनिवार्य प्रयोग गर्नुपर्ने गरेको निर्णयका विषयमा त्रिपन्नओटा संघसंस्थाले ध्यानाकर्षण गराउँदै प्रेसविज्ञप्ति जारी गरेका छन् । उक्त संस्थाहरूको आज बसेको संयुक्त बैठकले विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिको पूर्णपाठ यसप्रकार रहेको छ- ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण “नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक/सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि कुनै […]
भोटेकोशी नदीमा बगेर युवक बेपत्ता
काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका–८ दुलालेश्वर मन्दिर नजिकै भोटेकोशी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भुम्लु गाउँपालिका–१, रिठ्ठे बस्ने २३ वर्षीय महेश दर्जी रहेका छन्। उनलाई आज बिहान ११:१५ बजेतिर नदीले बगाएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायब निरीक्षक (प्र.ब.ना.नि.) सुनकाजी तामाङको कमाण्डमा चार जनाको टोली खटिएको […]
लक्ष्मी सनराइजको ‘म्युचुअल फन्डमा’ तुलनात्मक घाटा
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलअन्तर्गत रहेका ६ वटा म्युचुअल फन्डहरूले चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश फन्डहरूको नाफा अघिल्लो महिना (असार) को तुलनामा घटेको देखिन्छ । सनराइज फर्स्ट म्युचुअल फन्डले साउनमा ४ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो असारको १५ करोड […]
रौतहटमा चोरिएको ट्याक्टर सर्लाहीमा फेला
रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ प्रेस बिज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएको हो । प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा राखिएको मधेश प्रदेश २०३–००१ त १९२४ नम्बरको […]
‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई
‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुमेका छन्। सोमबार नेपाल पुलिस क्लवमा भएको अन्तिम प्रतिस्पर्धामा उनीहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । पूर्व अर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, […]











