
भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तर्गतका विद्यालयबीच भएको भक्तपुर नगरव्यापी फुटसल प्रतियोगितामा भनपा–१ नपली, सृजनानगरस्थित मोर्डन स्कुलले शानदार जीत हात पार्दै प्रथम स्थान हासिल गरेको छ।
फाइनल खेलमा मोर्डन स्कुलले सूर्योदय स्कुललाई ०–४ गोलको प्रभावशाली अन्तरले पराजित गर्दै उपाधि जितेको सह–प्राधानाध्यापक साजन कस्पालले जानकारी दिए।
त्यसैगरी, न्यातापोला स्कुलले सनसाइन स्कुललाई हराउँदै तृतीय स्थान सुरक्षित गर्न सफल भयो।
प्रतियोगितामा ११ विद्यालयका टोलिहरू सहभागी भएका थिए। विजयी टोलीलाई प्रमुख अतिथि प्याब्सन जिल्ला अध्यक्ष राजन कस्पाल लगायतले शिल्ड, ट्रफी र मेडल प्रदान गरी सम्मान गरे ।
प्याब्सन भक्तपुर नगर उपाध्यक्ष विजय कर्माचार्यका अनुसार प्रथम, द्वितीय, तृतीय र चौथो हुने समूहहरू आगामी जिल्लाव्यापी प्रतियोगिताका लागि छनोट भएका छन्।








