उखुकिसानले बिहीबार भुक्तानी पाउने

काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान  वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा  गरेको हो ।  निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई […]

एमालेको दोस्रो विधान महाधिवेशनका लागि नारा तय

काठमाडौं । सत्तारूढ दल नेकपा(एमाले) ले दोस्रो विधान महाधिवेशनको नारा तय गरेको छ। महाधिवेशनका लागि “निर्णायक राष्ट्रिय शक्ति निर्माण–हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली–हाम्रो गन्तव्य” भन्ने नारा तय गरिएको हो । भाद्र २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशन महत्वपूर्ण हुने बताइएको छ । ललितपुरको गोदावरीमा हुने महाधिवेशन प्रतिनिधिका लागि डिजिटल प्रवेश पासको ब्यवस्था मिलाइएको […]

भक्तपुरमा लागूऔषध ब्राउन सुगरका कारोबारी समातिए

भक्तपुर । मध्यपुर थिमि–३ गठ्ठाघरबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । केदारचोकमा डेरा गरी बस्ने मोरङ कानेपोखरी-३ का ३० वर्षिय शरण राईलाई प्रहरीले दस ग्राम ब्राउन सुगरसहित सोमबार अपराह्न नियन्त्रणमा लिएको हो ।   पक्राउ परेका राई लागूऔषध कारोबारी समेत रहेका प्रहरीको आरोप छ । प्रहरी वृत्त थिमिका डिएसपी नवराज […]

झुटा समाचार, आवाज एवं स्टाटस फैलाएर मेरो बदनामी गर्न खोजियो- वाग्ले

swarnim wagle

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भारतसंग सीमासम्बन्धि विवाद गर्नु नहुने र भारत नेपालको भाग्यविधाता भएको भनेका भ्रमपूर्ण सामाग्री सामाजिक संजालमा भाइरल भएका छन् । यस्ता अभिव्यक्ति आफूले नदिएको उनले स्पष्ट पारेका छन् ।  क्यानाडाको नियगरा फल्सबाट मंगलवार फेसबुक भिडियो पोस्ट गर्दै वाग्लेले आफू डिप फेक (deepfake) प्रविधिको सिकार भएको खुलासा […]

सूचना प्रवाह सहज र पारदर्शी बनाउने ललितपुरका प्रजिअ घिमिरेको प्रतिबद्धता

ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले पदभार सम्हाल्नासाथै पत्रकारसंघ भेटघाट गरी सूचना प्रवाहलाई सहज र पारदर्शी बनाउने प्रतिबद्धता प्रकट गरेका छन्। सोमबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पदाधिकारी तथा पत्रकारहरूसँग भेटघाट गर्दै उनले नागरिकले पाउने सूचनालाई समयमै उपलब्ध गराइने स्पष्ट पारे। “सार्वजनिक चासोका सूचना ढिलासुस्ती वा लुकाछिपी होइन, खुलेर दिनुपर्छ,” प्रजिअ घिमिरेले […]

माओवादीका सचिव भन्छन्, “सहकारी सञ्चालकको सम्पत्तिबाट बचतकर्ताको बचत फिर्ता गर्नुपर्छ”

सिन्धुली । नेकपा(माओवादी केन्द्र)का सचिव गंगानारायण श्रेष्ठले समस्याग्रस्त बनेका सहकारीका सञ्चालकहरूको सम्पत्ति खोजबिन गरेर बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने बताएका छन् । उनले सञ्चालकको सम्पत्ति र सहकारीहरूको भौतिक सम्पत्तिको छानबिन गरेर लगानी डुब्दै गरेका पीडितहरूलाई दिनुपर्ने बताएका हुन् । लगानी डुबेका बचतकर्ताहरुको समस्याप्रति सरकार गम्भीर नभएको उनको आरोप छ । सोमबार जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीको […]

महाराजगञ्ज नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सात समूहबीच प्रतियोगिता भएको थियो । विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको सभापतित्व क्याम्पस प्रमुख मुना रानाले गरेकी थिइन् । प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा […]

मिर्गौला रोग पीडितलाई रवि राणाको सहयोग, १ लाख २५ हजार हस्तान्तरण

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका युवा नेता, सूर्यविनायक नगर कार्यसमिति सदस्य तथा समाजसेवी रवि राणाले मिर्गौला रोग पीडित जपिन्द्र अवाल (मेथी)लाई रु १ लाख २५ हजारको चेक हस्तान्तरण गरेका छन्। आईतवार पार्टी कार्यालय सल्लाघारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले राणाद्वारा प्रदान […]

सिन्धुली निर्माण ब्यवसायी संघको अध्यक्षमा दाहाल बिजयी, कार्यसमितिमा उनकै प्यानलको बर्चस्व

सिन्धुली । सिन्धुली जिल्ला निर्माण व्यवसायी संघको ९औँ जिल्ला अधिवेशनबाट उद्धव दाहाल अध्यक्षमा निर्वाचित भएका छन्। दाहाल १ सय २९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी तुलसीराम श्रेष्ठले ८१ मतमै चित्त बुझाए । ४८ मतान्तरले दाहाल अध्यक्ष निर्वाचित भएका निर्वाचन अधिकृत नारायण बरालले बताएका हुन् । अघिल्लो अधिवेशनमा श्रेष्ठसंग पराजित भएका दाहालले […]

पर्वतारोहण संघमा काँग्रेस–एमाले गठबन्धन पराजित, माओवादी–रास्वपा समर्थित समूह विजयी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को ताजा निर्वाचनमा सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेका साथै विपक्षी दल नेकपा एकीकृत समाजवादी समेत सम्मीलित संयुक्त गठबन्धन पराजित भएको छ । चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन पाएको फुर्वा गेल्जे शेर्पा नेतृत्वको समूहले विजयी परिणाम हात पारेको हो । गएराति […]