काठमाडौँ उपत्यकामा शुक्रवार पनि कर्फ्यू

nepali sena

काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा र कर्फ्यूको अवधि थप गरेको छ। सोअनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने सेनाले जनाएको छ। यस अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, शववाहन, […]

संविधान भित्रैबाट निकास निकाल्न प्रयासरत राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान परिस्थितिमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको संरक्षणका लागि सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार जारी गरेको अपिलपत्रमा संविधानको दायराभित्र रहेर मुलुकलाई निकास दिन सकिने विषयमा निरन्तर विचार–विमर्श र प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न छिटो सम्भाव्य समाधान खोज्नुपर्नेमा […]

जेनजी आन्दोलन अग्रगमनको अवसर, प्रतिगमन अस्वीकार्य : प्रचण्ड

Prachanda

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले हालै भएको जेन–जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, उनले आन्दोलनका क्रममा भएका हत्या र हिंसात्मक घटनाको उच्चस्तरीय छानबिन हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार प्रेषित विज्ञप्तिमा प्रचण्डले आन्दोलनमा सहादत प्राप्त युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको […]

बिडिए टेक्सास समितिको तेस्रो अधिवेशन सम्पन्न

गत शनिवारका दिन भब्य समारोह विच बिडिए टेक्सास च्याप्टरले यस्को तेस्रो अधिवेशन सम्पन्न गरेको छ। डलास फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको रमाईलो ईभेन्ट सेन्टरमा सम्पन्न कार्यक्रमले सन्तोस कार्किको नेत्रित्वमा आगामी कार्यकाल 2025-2027का लागि नयाँ कार्यसमिति समेत निर्वाचन गरेको थियो। शनिवार साँझ पाँचबजे सुरु गरिएको उक्त समारोहमा ब्लड डोनर्स अफ अमेरिकालाई सहयोग र साथ दिने स्थानिय सगं संस्था, […]

शिवपुरीबाट निवर्तमान प्रधानमन्त्री ओलीले जेनजीलाई पठाए पत्र

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । जेनजीलाई सम्बोधन गर्दै उनले लेखेको भनिएको पत्रमा सो टिप्पणी गरिएको हो । पढ्नुस् एभरेस्ट न्यूज एजेन्सीले उपलब्ध गराएको ओलीको पत्र प्रिय जेन्जी बाबुनानीहरू, आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई […]

नेपाली सेनाले भन्यो- राति १० बजेबाट जनधनको सुरक्षामा तैनाथ हुन्छौं

काठमाडौ । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि बढ्दै गएपछि नेपाली सेनासहितका अन्य सुरक्षा निकायलाई व्यापक रुपमा परिचालन गर्ने तयारी भएको छ। नेपाली सेनाले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको बहानामा केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिलाई अत्यधिक क्षति पु¥याइरहेको जनाउँदै यस्ता गतिविधि नगर्न कडा अपील गरेको छ। […]

सम्पादकीय : “रगतले लेखिएको प्रश्न”

२३ भदौमा सरकारले कलङ्कको टीका लगायो । आफ्नै कलिला मस्तिष्कले मागेका जायज मागहरू सम्बोधन गर्ने साहस देखाउनुको सट्टा उनीहरूको प्रदर्शनमा कायरतापूर्वक दमनको ताण्डव मच्चायो । १९ भर्भराउदा जीवनहरूको अन्त्यसँगै १९ परिवारको संसार भत्कियो, बुढेसकालका सयौं सहारा अस्पतालमा आफैं सहारा खोजिरहेका छन् । मृतक र घाइते युवाहरूका आमाबुवा र आफन्तको आँखाबाट अनन्त आँसु बगिरहेको छ । […]

जेनजीमा दमनपछि अनेरास्ववियुकी बिदेश बिभाग प्रमुखले छोडिन् एमाले

काठमाडौं । अनेरास्ववियुकी विदेश विभाग प्रमुख स्मृति बरालले नेकपा एमाले र त्यसका जनवर्गीय संगठनसँग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेकी छन्। शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले विद्यार्थी आन्दोलन आफ्नो पहिचान भए पनि अब कुनै दलको झण्डामुनि होइन, देशको झण्डामुनि मात्र निरन्तरता दिने बताइन्। उनले भनिन्, “विद्यार्थी आन्दोलन मेरो आन्दोलन हो, मेरो पहिचान […]

प्रधानमन्त्री ओलीमाथि बालेनको कडा टिप्पणी

काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन् । आज देशभर चलेको आन्दोलन र त्यसविरुद्ध सरकारले गरेको दमनप्रति असहमति जनाउँदै उनले ओलीमाथि तीव्र आक्रोश पोखेका हुन् । साहले आफ्नो स्टाटसमा लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको […]