भक्तपुर । नेकपा(एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुर जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । बिधान बमोजिम विभिन्न क्लस्टरबाट प्रतिनिधित्व गर्दै शनिबार उनीहरू महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । भक्तपुर र चाँगुनारायण नगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर १ बाट ५ जना तथा सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर […]
Author: Nonstop Khabar
बलामीका दुई कृति बजारमा
काठमाडौ । गजलकार रीता बलामीको ‘आभासपुञ्ज’ गजलसङ्ग्रह र ‘बालमञ्जरी’ बालकवितासङ्ग्रह विमोचन भएको छ । प्रज्ञाभवनको लेखनाथ सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ गीतकार प्राडा कृष्णहरि बराल र अन्य अथितिले संयुक्तरूपमा उनको गजलसङ्ग्रह आभासपुञ्जको विमोचन गरे । वरिष्ठ कवि स्नेह सायमीको संयोजकत्वमा रातोघर र कार्डिनल इन्टरनेशनल बोर्डिङ हाइस्कुलद्वारा आयोजित सो विमोचन कार्यक्रममा ‘बालमञ्जरी’ को विमोचन प्रमुख […]
रोटरी क्लब अफ भादगाउँद्वारा निर्मित प्रहरी भवन हस्तान्तरण
भक्तपुर । जेनजी आन्दोलनकारीले गत भदौ २४ गते जलाएको भक्तपुर-१ सल्लाघारीस्थित प्रहरी बिट रोटरी क्लब अफ भादगाउँले निर्माण गरी शनिबार स्थानीय प्रहरी प्रभाग कटुन्जेलाई हस्तान्तरण गरेको छ । समुदाय–प्रहरी साझेदारी सुदृढ गर्दै प्रभावकारी सेवा पहुँच विस्तार गर्ने उद्देश्यले भवन निर्माण गरी हस्तान्तरण गरिएको स्थानीयसमेत रहेका क्लबका पास्ट प्रेसिडेन्ट प्रकाश थापाले बताएका छन् । […]
पत्रकार आचार्यको असामयिक निधन
कालिकोट । सडक दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको असामयिक निधन भएको छ । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष समेत रहेका रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार आचार्य सवार स्कुटीलाई मोटरसाईकलले ठक्कर दिदाँ उनको ज्यान गएको हो । वीरेन्द्रनगर नगरपालिकाको २ मा दुर्घटना भएको र उपचारको क्रममा सुर्खेत अस्पतालमा उनको ज्यान गएको प्रहरीले जनाएको छ । […]
सिन्धुलीमा कजारियाको नयाँ शोरूम
सिन्धुली । प्रिमियम टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगर–६ (पुरानो बुधबार हाट) मा नयाँ अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सद्वारा सञ्चालित यो शोरूमले स्थानीय स्तरमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्ने लक्ष्य राखेको छ। सञ्चालक करिराम शाह तथा कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले रिबन काटेर शोरुम उद्घाटन गरे । डिलर शाहले कजारियासँगको […]
ख्वप कलेजमा ‘रिसर्च एण्ड पब्लिकेशन्स्’ कार्यशाला गोष्ठी शुरु
भक्तपुर । भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले ख्वप कलेजले आयोजना गरेको ‘रिसर्च एण्ड पब्लिकेशन्स्’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गरेका छन् । शुक्रबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय तथा कलेज अध्ययन–अनुसन्धानको थलो हुने भन्दै नगरपालिका अन्तर्गतका ख्वप लगायत शैक्षिक संस्थाले नयाँ–नयाँ विषयमा अनुसन्धानलाई प्राथमिकता दिँदै आएको बताए। उनका अनुसार अध्ययनसँगै व्यवहारिक, नैतिक ज्ञान र अनुशासन […]
भक्तपुर नगरव्यापी प्याब्सन फुटसल प्रतियोगितामा मोर्डन स्कुल प्रथम
भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तर्गतका विद्यालयबीच भएको भक्तपुर नगरव्यापी फुटसल प्रतियोगितामा भनपा–१ नपली, सृजनानगरस्थित मोर्डन स्कुलले शानदार जीत हात पार्दै प्रथम स्थान हासिल गरेको छ। फाइनल खेलमा मोर्डन स्कुलले सूर्योदय स्कुललाई ०–४ गोलको प्रभावशाली अन्तरले पराजित गर्दै उपाधि जितेको सह–प्राधानाध्यापक साजन कस्पालले जानकारी दिए। त्यसैगरी, न्यातापोला स्कुलले सनसाइन स्कुललाई हराउँदै […]
हजारको नोट छाप्ने जिम्मा चीनिया ठेकेदारलाई
काठमाडौ । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ४३ करोड थान नयाँ नोट छपाइको काम चीनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन लाई दिने निर्णय गरेको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटका लागि आवश्यक कागज, डिजाइन, छपाइ र आपूर्तिका लागि झिकिएको अन्तर्राष्ट्रिय टेन्डरको मूल्यांकनपछि उक्त कम्पनीलाई ठेक्का स्वीकृत गरिएको हो। राष्ट्र बैंकले एक […]
क्रिप्टो कारोबारी सेफ समातिए
काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो । कारोबार गर्न […]
मिथ्या सूचना रोक्न प्रशिक्षक उत्पादन गर्दै पत्रकार महासंघ
काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न नेपाल पत्रकार महासंघले प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघ मिलेर “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम दिएका हुन् । सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्न र पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार […]











