काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जुवा–तास खेल्ने तथा यौनजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति साँझ ८ः०० बजे बनेपा नगरपालिका–९, बेथिसाइट नजिकस्थित फर्निचर बनाउने टहरामा जुवा–तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मार्दा ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाबाट नगद १ लाख २२ हजार ६५४ रुपैयाँ र तास २७ बुक्सहित […]
Author: Nonstop Khabar
काभ्रे मालपोतका खरिदार बिरुद्ध अख्तियारको आरोपपत्र
काभ्रे ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले मालपोत कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी विरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। साविक दोलालघाट गाउँ विकास समिति–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु. २ लाख घुस लिएको भन्दै अख्तियारले […]
पढ्नुस् मेयर बालेनको विवादित कविता
सत्यको कुनै एउटा पहिचान कुनै नाम हुँदैन। मिथ्याजस्तो ठूलो अभिमान, कुनै शान हुँदैन। जलझैँ शीतल, फूलझैँ कोमल, सुन न पित्तल, किसानझैँ फोहर। आकाशझैँ विशाल, स्पर्शझैँ सूक्ष्म, सगरमाथाझैँ हिमाल, थोपाझैँ पूर्ण। सत्यको कुनै दाम हुँदैन, सत्यको दुबै कान हुँदैन , समर्पण हुन्छ , दान हुँदैन , कुनै एउटा पहिचान, कुनै एउटा काम हुँदैन, नाम हुँदैन। (सामाजिक […]
यी हुन् मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्डको उपाधी पाउने सुन्दरी
काठमाडौं — राजधानीको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५ को भव्य ग्रान्ड फिनाले सम्पन्न भएको छ। सौन्दर्य, प्रतिभा र महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम सामरी इन्टरनेसनलको आयोजना र एमकेएम फेसन हाउसको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रमको सञ्चालन सोनु निरौलाले गरेकी थिइन्। प्रमुख अतिथि पूर्व सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले प्रतियोगिताको उद्घाटन गरेकी […]
बकबक गर्नेलाई उपचार गर्ने गृहमन्त्रीको चेतावनी
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि आफू नै राज्य ठान्नेहरु बिरुद्ध कठोर हुने चेतावनी दिएका छन् । अछामका मदन बुढाको आमरण अनसन आज तोडाउँदै उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेततर्फ लक्षित गर्दै उनीहरूले “राज्यजस्तो हिँड्ने प्रवृत्ति” देखाएको बताए । गृहमन्त्री अर्यालले भने, “के कारणले […]
डोटीमा जिप दुर्घटना, एकजनाको निधन
डोटी । डोटीको बडिकेदार गाउँपालिका–३ देवलमा बिहान करिब साढे ९ बजे बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सु.प.प्र.०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप भित्री कच्ची सडकमै पल्टिएको थियो । उक्त दुर्घटनामा परी बडिकेदार गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको घटनास्थलमै ज्यान गएको हो । जिप […]
किसानझैं फोहोर भन्ने मेयर बालेनको अभिव्यक्ति प्रति किसान बिष्टको आपत्ति
काठमाडौ । काठमाडौ महानगरका मेयर बालेन्द्र साह (बालेन साह) ले सामाजिक सञ्जालमा कविता सार्वजनिक गर्दै ‘किसानझैं फोहोर’ भन्ने अभिव्यक्ति दिएपछि राजनीति त्यागेर हाल खेतीकिसानी गरिरहेका पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। “तिमी किसानलाई फोहोर देख्छौ, तर, यही किसानले उब्जाएको अन्न खान्छौ कि खादैनौ? बिष्टले भावनात्मक र प्रश्नात्मक शैलीमा बालेनलाई प्रश्न गरेका छन् […]
१४ वर्षिय बालकबाट बलात्कार !
इलाम । इलाम नगरपालिका–७ बस्ने ११ वर्षीया बालिकामाथि सोही वडाका १४ वर्षीय बालकले आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी िगरेको आरोपमा प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ। पीडित बालिकाको बुबाले आइतबार जिल्ला प्रहरी कार्यालय, इलाममा जाहेरी दिएपछि महमाई प्रहरी चौकीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले आरोपित बालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आरोपितलाई जिल्ला प्रहरी कार्यालय […]
ओसाकामा वर्ल्ड एक्स्पो सम्पन्न, २ करोड ५० लाख अवलोकनकर्ता
जापान । ओसाकामा ६ महिनासम्म चलेको वर्ल्ड एक्स्पो २०२५ सोमबार एक भव्य समापन समारोहका साथ सम्पन्न भएको छ। “Designing Future Society for Our Lives” अर्थात् हाम्रो जीवनका लागि भविष्यको समाजको डिजाइन भन्ने नाराका साथ सञ्चालन भएको उक्त एक्स्पोले विश्व समुदायमा प्राविधिक नवप्रवर्तन, हरित ऊर्जा, र मानव–केन्द्रित विकासका विषयलाई मुख्य रुपमा उजागर गरेको थियो। नेपालसहित १ […]
अनलाइन स्क्यामिङ के हो र कसरी बच्ने?
अनलाइन स्क्यामिङ (Online Scamming) भनेको इन्टरनेटमार्फत ठगी गर्ने कार्य हो । यसमा स्क्यामर (ठग) ले विभिन्न चालचलन, झुटा जानकारी वा आकर्षक अफर प्रयोग गरेर मानिसहरूलाई धोका दिई पैसा ठगी गर्दछ्न् । व्यक्तिगत विवरण (जस्तै बैंक जानकारी, पासवर्ड, OTP, आदि) वा अन्य मूल्यवान जानकारी हत्याएर अथवा सिधै प्रलोभनमा पारी रकम आफ्नो खातामा पार्छन् । सरल भाषामा […]











