काठमाडौ । गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा रचित गीत ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत वरिष्ठ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले गीत सार्वजनिक गरेका थिए ।
विजय गुरुङद्वारा सङ्गीतबद्ध गरेको गीतमा तृप्ति खड्का गुरुङ र विजय गुरुङले स्वर भरेका छन् ।
सार्वजनिक गरिएपछि गीतका सङ्गीतकार र गायकद्वय तृप्ति खड्का गुरुङ र विजय गुरुङले त्यो गीत गाउँदाको आफ्नो अनुभव व्यक्त गरे ।
सोही कार्यक्रममा समालोचक युवराज मैनाली र ‘शब्दपथ’का प्रधान सम्पादक वरिष्ठ आख्यानकार किशोर पहाडीले आआफ्नो समीक्षात्मक मन्तव्य राखेका थिए ।
विशिष्ट अतिथि साझा प्रकाशनका अध्यक्ष कवि शेखर गिरीले सुभाषचन्द्रसँग तीसको दशकदेखि नै चिनजान भएको कुरा प्रष्ट पार्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रमको सहजीकरण पत्रकार श्रीराम सिंह बस्नेतले गरेको सो कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि श्रेष्ठ, सर्जक भीमफेदीया लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।







