भक्तपुर । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । शनिबार बिहान भक्तपुरबाट उनीहरू पक्राउ परेका हुन् । पौने ५ बजेको समयमा सूर्यविनायक- ५ मनोरम टोल, कटुन्जेबाट पूर्व गृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको टाेलीले नियन्त्रणमा लिएको हो भने सूनपा-७ गुण्डुबात पूर्वप्रधानमन्त्री ओली पक्राउ परे । उनीहरूलाई जिल्ला प्रहरी परिसर […]
Author: Nonstop Khabar
प्रधानमन्त्रीको साइत हेर्ने सिद्धिलक्ष्मी
रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले साइत हेरेर प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा शुक्रवार अपराह्न १२:३४ बजेको साइतमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराए । सपथ ग्रहण अघि स्वस्ती बाचन शंखघोष र अष्ठमंगल पाठ पनि गरिएको थियो । सपथग्रहण पछि उनले सवा २ बजेको साइतमा प्रधानमन्त्रीको पदभार ग्रहण […]
हुलाकलाई पुनर्जीवन दिनुपर्नेमा जोड
भक्तपुर । कुनैबेला सूचना र सञ्चारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको हुलाक सेवालाई पुनर्जीवन दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्ला हुलाक कार्यालय भक्तपुरको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले हुलाक सेवालाई पुनर्जीवन दिनुपर्नेमा जोड दिएका हुन् । बिहीवार आयोजित कार्यक्रममा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा विश्वासिलो, भरपर्दो र सस्तो भएपनि यसको प्रचारप्रसार […]
यी हुन् यो वर्षको ‘मदरल्याण्ड ट्यालेन्ट’
भक्तपुर । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर (बाचामारी)स्थित मदरल्याण्ड स्कुलले “मदरल्याण्ड ट्यालेन्ट फेस्ट–२०८२” भव्य रूपमा सम्पन्न गरेको छ। चैत्र ८ गते आयोजित कार्यक्रममा नृत्यतर्फ “मदरल्याण्ड डान्स आइकन” र गायनतर्फ “भ्वाइस अफ मदरल्याण्ड सिजन–१” प्रतिस्पर्धा सम्पन्न भएको हो। कार्यक्रममा कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरूलाई जुनियर र सिनियर समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। गायनतर्फ जुनियर समूहमा […]
भक्तपुरमा फेक रेस्क्यूले तनाव
भक्तपुर । भक्तपुरको सल्लाघारी चोकमा स्कूल बस र सार्वजनिक बस ठोक्किएर ‘दुर्घटना’ भएपछि स्थानीय आत्तिए। स्थानीयसमेत रहेका बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठलाई दुर्घटनाको खबरले चिन्तित मात्र बनाएन, उनले उद्धारका लागि प्रयास नै गरे । तर, त्यो दुर्घटना बास्तविक नभई कृत्रिम अभ्यास मात्र थियो । अभ्यास सम्बन्धि कुनै ब्यानर नहुँदा दुर्घटनाले केही बेर मानिसलाई बिचलित […]
काठमाडौंमा मनाइयो पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस
काठमाडौं । पाकिस्तानको ८६औँ राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंस्थित पाकिस्तान दूतावासमा ध्वजारोहण कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले दूतावास परिसरमा पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए। उक्त अवसरमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मोहम्मद इशाक डारका सन्देश वाचन गरिएको थियो। राष्ट्रपति जरदारीले आफ्नो […]
नयाँ चुच्चो, नयाँ प्वाँख : नेपालको शिक्षामा उडानको आश
आकाशको उचाइ नाप्न सक्ने चिलको आयु करिब ७० वर्षको हुन्छ । आफ्नो जीवनको मध्यपश्चात्, अर्थात् ४० वर्षको उमेरमा पुग्दा चिलसँग केवल दुईवटा विकल्प हुन्छन्। उसका प्वाँखहरू भारी भइसकेका हुन्छन्, जसले गर्दा उडान क्षमता घट्छ; शिकार गर्ने चुच्चो बाङ्गिएको हुन्छ र नङ्ग्रा पनि कमजोर भइसकेका हुन्छन्। अब चिलसँग पहिलो विकल्प—शिकार गर्न नसकी भोकै मर्ने, र दोस्रो—अकल्पनीय […]
गोदावरी वडा नं. ३ बालमैत्री वडा घोषित
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ बालमैत्री वडा घोषित भएको छ। “सम्मानित बालापन – सुनिश्चित बालअधिकार, बालमैत्री तथा समुन्नत गोदावरीको आधार” भन्ने नारासहित बिहीबार वडा घोषणा गरिएसँगै नगरपालिका नै बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी अगाडि बढेको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले जानकारी दिए। बालमैत्री वडा घोषणाको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य […]
वंशवृक्ष संयुक्त कविताकृतिको परिचर्चा
साहित्यिक पत्रकार संघ र मिलाप म्यागजिनको संयुक्त प्रयासमा आज, चैत ४ को सन्ध्यामा, शब्द र संवेदनाको एक गहिरो संगम साकार भएको छ । कविद्वय प्रा. पुरूषोत्तम दाहाल र अनिमेष दाहालका संयुक्त कविताकृति ‘वंशवृक्ष’ माथि परिचर्चा तथा कविता वाचनको कार्यक्रम, एक प्रकारले समय र सृजनशीलताको सेतुजस्तै बनेर सम्पन्न भयो । पिता र पुत्रबीचको सम्बन्ध केवल रगतको नाता मात्र […]
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्यमा भारी वृद्धि गरेको हो । पेट्रोल प्रतिलिटर १५ रुपियाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँ बृद्धि गरिएको निगमले जनाएको छ । एलपि ग्यास प्रतिसिलिन्डर दुई हजार १ सय २६ रुपैया पर्न भएको छ । […]











