विद्यार्थी र कर्मचारी संगठन स्लिपर सेल भएकाले भङ्ग गर्नुपरेको प्रधानमन्त्रीको प्रष्टोक्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले शिक्षालय र कर्मचारीतन्त्रमा देखिएको दलगत प्रभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलका “स्लिपर सेल”का रूपमा प्रयोग हुँदा प्रणालीप्रति जनविश्वास कमजोर बन्दै गएको उनको भनाइ छ। प्रधानमन्त्री शाहले योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको प्रभाव बढ्दा शिक्षा र प्रशासन दुवै क्षेत्र प्रभावित […]

सम्पत्ति खोज्न छापा मारेपछि मुख्यमन्त्री बानियाँको यस्तो प्रतिक्रिया

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा आफ्नो घर तथा कार्यालयमा गरिएको छापाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनी प्रक्रियामा भने पूर्ण सहयोग गर्ने बताएका छन्। आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनले विद्यार्थी जीवनदेखि करिब चार दशक लामो राजनीतिक यात्रापछि जनताको सेवकका रूपमा मुख्यमन्त्री पदमा रहँदा सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण […]

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सिन्धुलीमा प्रभातफेरि र कोणसभा

सिन्धुली । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सदरमुकाम सिन्धुलीमाडीमा प्रभातफेरि र कोणसभाको आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ सिन्धुलीशाखाको आयोजनामा आज विहान महासंघको कार्यलयबाट शुभारम्भ गरिएको प्रभातफेरि पछि स्थानीय लोकतान्त्रिक चौकमा आयोजना गरिएको कोणसभामा विधमान सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेत्र पर्न थालेका औल्याईएको थियो । सो अवसरमा नेपाल […]

सुनचाँदीको मूल्य घट्यो

Gold

काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय  रुपैयाँ थियो । यस दिन चाँदी पनि १०५ रुपैयाँले घटेको छ ।चाँदी प्रतितोला […]

चन्द्र ढकाल नेतृत्वमा एशोसिएट्सतर्फ ज्योत्सना टीम घोषणा, प्यानलै जित्ने दावी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्तर्फका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफ्नो टीम घोषणा गरेकी छिन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा उनले आफ्नो टीम घोषणा गरेकी हुन् । महासंघका अध्यक्ष ढकालको बलियो साथ पाएको आफ्नो समुहको जित निश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताईन् । नेपालको अहिलेको आर्थिक र व्यापारिक परिवेश एक चुनौतीपूर्ण अवस्थामा […]

गोकर्णेश्वरमा वैशाख २४ देखि जेठ ९ सम्म महाउत्सव

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर गोकर्णेश्वरमा बृहत् औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म गोकर्णेश्वर नगरपालिका–४, हनुमान चोकमा ‘तेश्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८३’ सञ्चालन हुन लागेको हो। उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री […]

स्किम्सको २७औं स्थापना दिवस सम्पन्न

schems

काठमाडौं । स्कूल अफ इन्भाइरोमेन्ट म्यानेजमेन्ट एण्ड सस्टेनेवल डिभलपमेण्ट (SchEMS) ले आफ्नो २७औं स्थापना दिवस सम्पन्न गरेको छ । सन् १९९९ जनवरीमा स्थापना भई वातावरण व्यवस्थापन, दिगो विकास, व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेज मंगलवार २७ वर्ष पुगेको हो । कार्यक्रम सञ्चालक समितिका अध्यक्ष डा. हेरम्ब राजभण्डारीको अध्यक्षता तथा सञ्चालक […]

‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ मालावती काफ्लेलाई

स्मृतिहरू कहिल्यै मर्दैनन्; ती समयको धारासँगै उज्यालो भएर बगिरहन्छन्। त्यस्तै एक अविरल स्मृतिको उज्यालो बोकेको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ यस वर्ष उदयपुरकी स्रष्टा मालावती काफ्लेको व्यक्तित्वमा समर्पित भयो। नेपाल स्रष्टा समाजद्वारा प्रदान गरिँदै आएको यस सम्मानले केवल एक व्यक्तिलाई मात्र होइन, समग्र नारी चेतनालाई अभिवन्दन गरेको अनुभूति गरायो। नगद २० हजार १११ रुपैयाँसहित […]

आफ्नै न्युज रूमप्रति असन्तुष्ट कान्तिपुरका प्रबन्ध निर्देशक सिरोहियाको राजीनामा

काठमाडौं । देशकै अग्रणी मानिने निजी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुप भित्र गम्भीर आन्तरिक विवाद सतहमा आएको छ। संस्थाका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले आफ्नै न्युज रुमको कामप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन्। निवर्तमान गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै सिरोहियाले राजीनामा दिएका हुन। सिरोहियाले बिहीबार बिहान कान्तिपुर टेलिभिजनको समाचारका लिंक र स्क्रिनसट […]

सञ्चार माध्यममाथि विभेद नगर्न पत्रकार महासंघको माग

भक्तपुर । तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ भक्तपुरले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल मार्फत प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बिहिबार ज्ञापनपत्र पेश गरिएको हो।    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय र परिपत्र विभेदकारी रहेको र यो प्रेस तथा […]