सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय  रुपैयाँ थियो ।

यस दिन चाँदी पनि १०५ रुपैयाँले घटेको छ ।चाँदी प्रतितोला ४ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँ थियो ।